पुर्पक्षका लागि तीनजनालाई थुनामा राख्न आदेश

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

बनेपा, २२ पुस । काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश चेतनाथ ढकालको इजलासले हिजो थुनछेक बहसका क्रममा सो आदेश दिएको अदालतले जनाएको छ ।

सो प्रकरणमा पक्राउ परेका सूर्योदय निम्नमाध्यमिक विद्यालयका शिक्षक हिरा लामा, उनकी आमा काइली तामाङ, मृतककी श्रीमान् मिलन परियारलाई थुनामा राख्न आदेश दिइएको हो ।

गत मङ्सिर २० गते लक्ष्मी परियारको कुटपिटबाट मृत्यु भएको भन्दै प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुविरुद्ध विभिन्न ऐनअनुसार १८ वर्ष कैद दावी गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट