समाचार
प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २४ पुस । मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आएका लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज काकीलाई कालोमोसो दल्ने प्रशल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार सोलुखुम्बु, २५ पुस । सोलुखुम्बुको सदरमुकाम सल्लेरीसँग जोडिएको गाविस गोराखानीमा अहिलेसम्म पनि सञ्चार सेवा पुग्न सकेको छैन । सल्लेरी–५ र गोराखानी–१ सीमा जोडिएको भए पनि त्यहाँसमेत मोबाइल सेवा सञ्चालन नभएको गोराखानी–१ दिम्सेसका दावा शेर्पाले बताए । गोराखानीका कुनै पनि वडामा टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन गर्नका लागि अझै पनि अग्लो […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार ललितपुर, २५ पुस । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले संशोधनको मूल लक्ष्य निर्वाचनका साथै संविधान कार्यान्वयन भएको बताएका छन् । बज्रवाराही नगरपालिकाको तेस्रो नगरपरिषद्को उद्घाटन गर्दै उनले २०७४ माघभित्र तीनवटै तहको निर्वाचन हुनु जरुरी रहेको बताएका छन् । संविधानको कार्यान्वयन अनुसार नै उक्त समयभित्र स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन हुने बताएका […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २५ पुस । नक्सालस्थित एक भवनको लागि जग खन्ने क्रममा भासिएको सडक ।   तस्वीर : रुपचन्द्र महर्जन


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २५ पुस । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताए । उनले भने – ‘सबै राजनीतिक दललाई सहमतिमा […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार  कालीकोट, २५ पुस । जिल्लाको भर्ता गाविसमा गएराति ट्र्याक्टर दुर्घटनामा परी दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर सहचालक मान्म गाविस–२ निवासी १८ वर्षीया प्रेम नेपाली र मान्म–४ निवासी २१ वर्षीया देवी विक रहेका छन् । लु१त ५७२२ नंम्बरको ट्र्याक्टर सडकमा रोकिराखेको अवस्थामा सहचालकले चलाउन खोजेपछि भर्ता गाविसको हुल्म बजारमा […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २५ पुस । अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट नेपाली विद्यार्थी रोशा पौडेललाई उत्कृष्ट अवार्ड प्राप्त भएको छ । काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गरेको हो । सन् २०११ मा फ्लोरिडा भर्ना भएकी पौडेलले हाल ‘बायो केमेस्ट्री र मेलिकुलर बायोलोजी’ विषयमा विद्यावारिधि गरिरहेकी […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार चितवन, २५ पुस । प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग सहमति गरेर नै आइतबार संसद्मा संविधान संशोधनको प्रस्ताव पेस गरिएको बताएका छन् । चितवनमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने-‘जबर्जस्ती प्रस्ताव टेबल भएको हैन, एमाले अध्यक्ष केपी ओली र हामीबीच एकखालको सहमत भएर नै प्रस्ताव टेबल गरिएको हो’  । […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार इटहरी, २५ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताएका छन् । इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले भने, ‘सभामुखले झुक्याएर प्रस्ताव दर्ता गराउने काम संसदीय पद्दतिविरुद्ध छ ।’ उनले प्रदेश नं ५ का जनताले नचाहेको र माग नै […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार पोखरा, २५ पुस । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, लामाचौरमा निर्माणाधीन बिपी स्मृति पार्कको आज शिलान्यास गर्दै उनले संविधानले निर्दिष्ट गरेअनुसारका स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन गरेपछि मात्र संविधानको सही कार्यान्वयन हुन्छ भन्ने पक्षमा नेपाली […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार रामेछाप, २५ पुस । जापानले नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरेको मध्य तथा पूर्वी पहाडलाई काठमाडौंसँग जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको वीपी राजमार्ग २ वर्ष नपुग्दै जीर्ण बन्न थालेको छ । दक्षिण एशियामा नै नमुना सडकको रुपमा बनेको यो सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको २ वर्ष वित्न नपाउँदै काम नलाग्ने गरी विग्रिएको […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

एजेन्सी भारत, २५ पुस । बन्दुकधारीको आक्रमणबाट भारत प्रशासित कश्मीरको अखनुर जिल्लामा तीन जना सैनिकको मुत्यु भएको छ । सेनाको जनरल इन्जिनियरिङ टोलीमाथि बटाला भन्ने स्थानमा गोली प्रहार भएको थियो । आक्रमणपछि बन्दुकधारी भाग्न सफल भएका छन् । आधिकारिक रुपमा केही बताइएको नभएपनि यो चरमपन्थी आक्रमण भएको अनुमान गरिएको छ । आक्रमणकारीलाई पक्रने उद्देश्यले सेनाले […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २५ पुस । स्थानीय तहको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुलाई आफुहरु क्रियाशिल रहेकोजिल्लामा दर्ता हुन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले २०७३ माघ १७ गतेभित्र आफू क्रियाशील जिल्लाको जिल्ला निर्वाचन कार्यालय वा जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालयमा विवरण दर्ता गराउन भनेको हो । आयोगले भनेको छ- ‘आगामी स्थानीय तहको निर्वाचन […]


प्रकाशित मिति: २४ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २४ पुस । आज ३ बजे बसेको संसदको बैठकमा एमालेसहित विपक्षी दलका सांसदहरुले अवरोध गरेका छैनन् । सर्वोच्च अदालतको आदेशपछि व्यवस्थापिका संसदको अवरोध हटेको हो । आइतबार संसद सुचारु भएपछि गृहमन्त्री बिमलेन्द्र निधिको तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले स्थानीय तह निर्वाचन विधेयक पेश गरेका छन् । विगत केहि समयदेखि सरकारले ल्याएको संविधान […]


प्रकाशित मिति: २४ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २४ पुस । आज बिहान उपत्यकास्थित नक्शालमा निर्माणाधीन एक होटलको भवनसँगैको सडक भासिएको छ । सडकको आधा भाग नै टावरको निर्माणका लागि तयार पारिएको जगमा भासिएको हो । बिहान ६ बजे सडक भासिए पछि नक्साल भगवतीदेखि बालमन्दिर सडकखण्डमा सवारी आवत-जावत रोकिएको छ । प्रहरीले सडक भासिएको क्षेत्रमा नजिक सर्वसाधारणलाई जान दिएको छैन […]



 

 

 

 

 

 

 


ताजा अपडेट