विपक्षी दलले अवरोध गरेनन्

प्रकाशित मिति: २४ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २४ पुस । आज ३ बजे बसेको संसदको बैठकमा एमालेसहित विपक्षी दलका सांसदहरुले अवरोध गरेका छैनन् ।

सर्वोच्च अदालतको आदेशपछि व्यवस्थापिका संसदको अवरोध हटेको हो । आइतबार संसद सुचारु भएपछि गृहमन्त्री बिमलेन्द्र निधिको तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले स्थानीय तह निर्वाचन विधेयक पेश गरेका छन् ।

विगत केहि समयदेखि सरकारले ल्याएको संविधान प्रस्तावविरुद्ध विपक्षी दल संसद अवरोध गर्दै आएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट