लोकमानमाथि कालोमोसो दल्नेलाई एक महिना कैद

प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २४ पुस । मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आएका लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज काकीलाई कालोमोसो दल्ने प्रशल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद हुने जारी गरेको हो ।

यही पुस ७ गते कार्की अदालतमा मुद्दाको तारिक लिन आउँदा शाही र बुढाले अदालत परिसरमै कालोमोसो देलेका थिए । सोही दिन नै दुवै जनालाई पक्राउ गरी थुनामा राखिएको छ ।

आदेशमा भनिएको छ, “निजहरुलाई थुनामा राखेकै मितिबाट कैद कट्टा हुने गरी कैदी पूर्जी दिई कैदमा राख्न जिल्ला कारागार कार्यालय काठमाडौँमा पठाईदिने ।”

कालोमोसो दल्ने द्वयलाई अदालतको अवहेलना अन्तर्गत मुद्दा चलाइएको थियो । न्यायालयको कार्यसम्पादमा अवरोध पु¥याउने कार्य कसैले पनि गर्न हुदैन ।

आदेशमा शाही र वूढाले अदालतको मानहानी हुने मनसायले नभई व्यक्तिलाई कालोमोसा दलेको वयान दिएपनि उन्मुक्ति दिन नमिल्ने र त्यसलाई स्वीकार गर्न नसकिने उल्लेख छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट