ट्र्याक्टर दुर्घटनामा २ को मृत्यु

प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार 

कालीकोट, २५ पुस । जिल्लाको भर्ता गाविसमा गएराति ट्र्याक्टर दुर्घटनामा परी दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टर सहचालक मान्म गाविस–२ निवासी १८ वर्षीया प्रेम नेपाली र मान्म–४ निवासी २१ वर्षीया देवी विक रहेका छन् ।

लु१त ५७२२ नंम्बरको ट्र्याक्टर सडकमा रोकिराखेको अवस्थामा सहचालकले चलाउन खोजेपछि भर्ता गाविसको हुल्म बजारमा दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।

अनुसन्धानका लागि गाडी साहु देवमणि आचार्यलाई प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट