जापानले बनाइदिएको सडक जीर्ण बन्दै

प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

रामेछाप, २५ पुस । जापानले नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरेको मध्य तथा पूर्वी पहाडलाई काठमाडौंसँग जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको वीपी राजमार्ग २ वर्ष नपुग्दै जीर्ण बन्न थालेको छ ।

दक्षिण एशियामा नै नमुना सडकको रुपमा बनेको यो सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको २ वर्ष वित्न नपाउँदै काम नलाग्ने गरी विग्रिएको हो । खास गरी सडकको धुलिखेलदेखि नेपालथोकसम्मको भाग जोखिमपूर्ण बनेको छ ।

सन् २००५ बाट निर्माण सुरु भएको राजमार्ग १० वर्ष लगाएर १०१५ मा बनेको थियो । जापान सरकारले २६ अर्ब जापानी येन लगानीगरी निर्माण गरिएको राजमार्ग तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको थियो । सडक १६० किलोमिटर लम्बाइको छ ।

अत्ययाधिक गतिमा चल्ने टिपर र अधिक भारका कारण विग्रिएको सडकको यात्राजोखिमपूण बन्दै गएको हो । साँघुरो सडकमा ठूला ट्रक र टिपर अनियन्त्रित ढंगले गुड्दा वीपी राजमार्गको यात्रा जोखिमपूर्ण बनेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट