समाचार
प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार रसुवा, २६ पुस । पत्रकारको कलम संविधानअन्तर्गत अब बन्ने गाउँपालिका मजबुत बनाउन अझ बढी मेहनत गर्नु पर्ने औँल्याइएको छ । आज नेपाल पत्रकार महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा र रसुवा जिल्लामा क्रियाशील पत्रकारबीच भएको अन्तरसंवादमा पत्रकारले अझ बढी मेहनत गर्नु पर्नेमा जोड दिइएको छ । विकास निर्माण, सामाजिक, आर्थिक, राजनीतिकलगायत समग्र विषयको […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार मुगु, २६ पुस । जिल्ला जनस्वास्थ्य कार्यालयबाट पठाइएको औषधि बीच बाटोमा नै गायब हुने गरेको पाइएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा सरकारले जिल्ला अस्पतालबाट सर्वसाधारणलाई ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्र ५८ प्रकारका र स्वास्थ्य चौकीका लागि ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने गरे पनि सर्वसाधारणले ती औषधि पाउने गरेका छैन । उक्त […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार बाग्लुङ, २६ पुस । सूचनाको हकको प्रभावकारी प्रचलनका लागि सोमबार जिल्लाका सरकारी कार्यालयले सातबुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यालय प्रमुखले  राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको उपस्थितिमा प्रतिबद्धता जाहेर गरेका हुन् । जिल्लास्थित सबै सरकारी कार्यालय र केही अन्य सार्वजनिक निकायका प्रमुख÷प्रतिनिधिद्वारा हस्ताक्षरित प्रतिबद्धता पत्रमा सूचनाको हकलाई प्रभावकारी रुपमा […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार चितवन, २६ पुस । सोमबार साँझ भरतपुर उपमहानगरपालिका–१ रामनगरको जङ्गलमा भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमल गौतम झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । पर्वत जिल्लाको राम्जा देउराली स्थायी घर भएका ४५ वर्षीय गौतम साँझ ७ बजेतिर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी रामनगर बजारबाट करिब दुई किमी जङ्गलभित्र […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार दमक, २६ पुस । जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा  शिलान्यास गर्दै उनले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाउदैं  मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लाग्ने स्पष्ट पारे […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २६ पुस । राप्रपाका अध्यक्ष कमल थापाले विभिन्न दल परित्याग गरेका तथा स्थानीय बुद्धिजीवी लगायत ३६ जनालाई टीका लगाई पार्टीमा प्रवेश गराएका छन् । धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नवलपरासी जिल्लाबाट विभिन्न दल परित्याग गरेका तथा स्थानीय बुद्धिजीवी ३६ जनालाई अध्यक्ष थापाले सो पार्टीमा टीका लगाई प्रवेश […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २६ पुस । काठमाडौँ उपत्यकाका सडक तथा गल्लीमा मेलम्ची खानेपानी वितरणका लागि पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी बडादसैँसम्म मेलम्ची खानेपानी उपत्यकामा ल्याउने सरकारको योजना छ । उपत्यकामा हरेक घरमा खानेपानी पुर्याउनका लागि छ सय ७० किमि पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म चार सय ७० किमी सडकमा […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार गौशाला, २६ पुस । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका एक दर्जनभन्दा बढी गाविसमा खानेपानीको हाहाकार हुँदा स्थानीयवासी सात किलोमिटर टाढा पुगेर पानी ल्याउन बाध्य भएका  छन् । विगत छ महिनादेखि पानी नपर्दा जिल्लाको पशुपतिनगर, किसाननगर, हातिलेट, लक्ष्मीनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, बर्दिबास, गौरीवास, खयमारा, बिजलपुरा, निगौल, गौशाला नगरपालिकालगायतका ठाउँमा खानेपानीको हाहाकार भएको स्थानीयवासीले बताएका छन् […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार दोलखा, २६ पुस । भूकम्प गएको २० महिनापछि जिल्लामा ८८।०६ प्रतिशत भूकम्प पीडितले मात्र अनुदानको पहिलो किस्ता पाएका छन् । जिल्लामा ५१ हजार ९४० जना लाभग्राहीको सूचीमा भएपनि आजसम्म ४५ हजार ७४० जनाको बैंक खातामा रकम जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिले जनाएको छ । प्राधिकरणका अनुसार सम्झौता सकिएको तर […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २६ पुस । सल्यानका द्वन्द्वपीडित कालीबहादुर घर्तीमगरले न्यायका लागि पटकपटक सरोकारवाला निकायमा ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा विद्रोही पक्षबाट पीडित भनिएका कालीबहादुरले न्यायका लागि शान्ति समिति र सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन दिए पनि सुनुवाइ नभएको बताए । न्यायका लागि सल्यानबाट […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार प्यूठान, २६ पुस । स्थानीयवासी महिला समूहको सक्रियतामा जिल्लाको दुर्गम गाविसका रुपमा रहेको मर्कावाङ गाविस घरभित्रको धुवाँमुक्त गाविस बन्न पुगेको छ । घरभित्रको धुवाँका कारण महिला तथा बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पुगेको जानकारी पाएसँगै धुवाँमुक्त गाविस घोषणा अभियानमा महिला समूह लागेको स्थानीयवासी महिला अगुवा कमला वलीले बताइन । घरभित्रको धुवाँले सबैभन्दा धेरै […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार रामेछाप, २६ पुस । हो पढ्नलाई कहिले उमेरले छेक्दैन । यसको जल्दा बल्दा उदाहरण हुन रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्की । ७४ वर्षको उमेरमा उनी नातिनातिना उमेरका केटाकेटीसँगै चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अङ्ग्रेजी नेपाली दुवै विषय पढ्छन् । जहाँ इच्छा त्याहा उपाय भने झैँ नातिनातिनाका हजुरबुबा भइसकेका […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २४ पुस । राजा महाराजा आसन गरी राज्य सञ्चाालन गर्न मुख्य कुर्सी मेचलाई नै राजगद्दी वा सिंहासन भनिन्छ । नेपाल एकिकरण पूर्व यही राजगद्दीमा बसी शाह वंशीय राजाहरु आफ्नो दैनिक कार्य तथा राज्य सञ्चालन गर्दथे । श्री ५ पृथ्वीनारायण शाहले यहि राजगद्दीमा बसेर नेपाल एकिकरणको योजनाा तथा कार्यान्वन गरेका थिए र […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २४ पुस । मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आएका लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज काकीलाई कालोमोसो दल्ने प्रशल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद […]


प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार सोलुखुम्बु, २५ पुस । सोलुखुम्बुको सदरमुकाम सल्लेरीसँग जोडिएको गाविस गोराखानीमा अहिलेसम्म पनि सञ्चार सेवा पुग्न सकेको छैन । सल्लेरी–५ र गोराखानी–१ सीमा जोडिएको भए पनि त्यहाँसमेत मोबाइल सेवा सञ्चालन नभएको गोराखानी–१ दिम्सेसका दावा शेर्पाले बताए । गोराखानीका कुनै पनि वडामा टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन गर्नका लागि अझै पनि अग्लो […]



 

 

 

 

 

 

 


ताजा अपडेट