कक्षा ८ मा पढ्दै ७४ वर्षीय वृद्ध

प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

रामेछाप, २६ पुस । हो पढ्नलाई कहिले उमेरले छेक्दैन । यसको जल्दा बल्दा उदाहरण हुन रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्की ।

७४ वर्षको उमेरमा उनी नातिनातिना उमेरका केटाकेटीसँगै चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अङ्ग्रेजी नेपाली दुवै विषय पढ्छन् ।

जहाँ इच्छा त्याहा उपाय भने झैँ नातिनातिनाका हजुरबुबा भइसकेका उनलाई चुचुरे स्वास्थ्य चौकीका प्रमुख जागिर यादवको प्रेरणा र सहयोग मिल्यो ।

सुरुमा चुचुरे स्वास्थ्य चौकीमा कार्यालय सहयोगीका रुपमा काम गर्दा हस्ताक्षर गर्न औषधिको नाम चिन्न उनलाई कालो अक्षर भैँसी बराबर झैँ हुन्थ्यो अनि उनले मैले पनि पढेमा अवश्य सक्छु भन्ने जाँगर चल्यो त्यसपछि २०६५ सालमा विद्यालय गएर भर्ना गरेको कार्कीले बताए ।

विद्यालयमा आफ्नै भाइ भतिजा अनि नातिनातिनासँगै पढ्दा आफूलाई हजुरबुबा भनेर सम्बोधन गर्दा कुनै असजिलो नलाग्ने उनले बताए ।

वृद्धावस्थामा पनि विद्यालयमा पढ्न आएको देख्दा र आफ्नै दाइ र हजुरबुबाजस्ता मान्छेलाई पढाउन पाउँदा विद्यालयका शिक्षक शिक्षिका पनि उत्तिकै खुसी रहेको चट्टेश्वरी उच्च माविका प्रधानाध्यापक मोहनकुमार खड्काले बताए ।

कुनै रोग नलागे अझै पढेर समाजमा केही गरेर देखाउने उनको चाहना छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट