राप्रपामा ३६ जनालाई टीका लगाई पार्टी प्रवेश

प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २६ पुस । राप्रपाका अध्यक्ष कमल थापाले विभिन्न दल परित्याग गरेका तथा स्थानीय बुद्धिजीवी लगायत ३६ जनालाई टीका लगाई पार्टीमा प्रवेश गराएका छन् ।

धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नवलपरासी जिल्लाबाट विभिन्न दल परित्याग गरेका तथा स्थानीय बुद्धिजीवी ३६ जनालाई अध्यक्ष थापाले सो पार्टीमा टीका लगाई प्रवेश गराएका हुन ।

सो अवसरमा अध्यक्ष थापाले सबै दलको साझा उद्देश्य देशको समृद्धि नै हो भन्दै अहिलेको समाजमा प्रजातन्त्रको विकल्प नरहेको स्पष्ट पारे ।

राप्रपामा प्रवेश गर्नेमा नेपाली काँग्रेसका चूडामणि महतो, नेकपा (माओवादी केन्द्र)का रामदेवी पासवान, नेपाल तरुण दलका खिमबहादुर पुन, युवा सङ्घ नेपालका जिल्ला कार्य समिति सचिव ऋषिराम लम्साल, उपप्राध्यापक दीपक भण्डारीलगायत रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट