अझ बढी मेहनत गर्न पत्रकारलाई आग्रह

प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

रसुवा, २६ पुस । पत्रकारको कलम संविधानअन्तर्गत अब बन्ने गाउँपालिका मजबुत बनाउन अझ बढी मेहनत गर्नु पर्ने औँल्याइएको छ ।

आज नेपाल पत्रकार महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा र रसुवा जिल्लामा क्रियाशील पत्रकारबीच भएको अन्तरसंवादमा पत्रकारले अझ बढी मेहनत गर्नु पर्नेमा जोड दिइएको छ ।

विकास निर्माण, सामाजिक, आर्थिक, राजनीतिकलगायत समग्र विषयको यथार्थ समाचार लेखी पाठकसामु पुर्याउन अझ बढी मेहनत गर्न पत्रकार झालले जोड दिए ।

हिमाली क्षेत्रको चिसो ठाउँमा स्थानीय पत्रकारले भोग्नुपरेको कठिनाइबाट सूचना सङ्कलनमा आएको समस्या प्रस्तुत गरिएको थियो ।

विभिन्न सञ्चारमाध्यम, नागरिक समाज, प्रहरी र स्थानीय प्रशासनका प्रतिनिधिको सहभागितामा भएको अन्तरसंवादमा स्थानीय पत्रकारले भोग्नु परेको समस्याबारे प्रस्तुत गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट