मुलुकलाई खण्डित गर्न नहुने : ओली

प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

दमक, २६ पुस । जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

आज झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा  शिलान्यास गर्दै उनले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाउदैं  मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लाग्ने स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो निर्वाचनमा मुलुकलाई लैजान आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य अग्निप्रसाद खरेलले संविधान कार्यान्वयन गर्नु मुलुकको एक मात्र लक्ष्य भएको बताउँदै त्यसका लागि निर्वाचन अपरिहार्य छ भने ।

करिब रु आठ करोडको लागतमा बन्ने एघार किमी लामो कालोपत्रे सडक ३० महिनाभित्र पूरा हुने बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट