भूसंरक्षण कार्यालय प्रमुख झुन्डिएको अवस्थामा भेटिए

प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

चितवन, २६ पुस । सोमबार साँझ भरतपुर उपमहानगरपालिका–१ रामनगरको जङ्गलमा भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमल गौतम झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

पर्वत जिल्लाको राम्जा देउराली स्थायी घर भएका ४५ वर्षीय गौतम साँझ ७ बजेतिर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनी रामनगर बजारबाट करिब दुई किमी जङ्गलभित्र झुन्डिएको अवस्थामा भेटिएका थिए । पारिवारिक स्रोतका अनुसार उनी छ दिनअघि विभाग जाने भनी कार्यालयबाट हिँडेका थिए ।

मृत्युको कारण खुल्न नसकेको गौतमको शव आज बिहान परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट