सूचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रतिवद्धता

प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

बाग्लुङ, २६ पुस । सूचनाको हकको प्रभावकारी प्रचलनका लागि सोमबार जिल्लाका सरकारी कार्यालयले सातबुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यालय प्रमुखले  राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको उपस्थितिमा प्रतिबद्धता जाहेर गरेका हुन् ।

जिल्लास्थित सबै सरकारी कार्यालय र केही अन्य सार्वजनिक निकायका प्रमुख÷प्रतिनिधिद्वारा हस्ताक्षरित प्रतिबद्धता पत्रमा सूचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने उल्लेख छ ।

प्रतिबद्धतापत्रमा सूचनाको हकको सम्मान र संरक्षण गर्ने, प्रत्येक तीन तीन महिनामा सूचना सार्वजनिक गर्ने, सूचना अधिकारी तोकी निजको एकीकृत विवरण कार्यालयमा राख्ने, कानुनले निर्धारित गरेको समय सीमाभित्रै सूचना मागकर्तालाई सूचना उपलब्ध गराउने आदि बूँदा उल्लेख छ ।

प्रजिअ भागीरथ पाण्डेयले सूचनाको हक कार्यान्वयनको अवस्थाबारे अनुगमन गरिने बताए । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सूचनाको हकले लोकतन्त्र मजबुत हुने उल्लेख गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट