लोकमानमाथि सर्वोच्चको निर्णय स्वागतयोग्य

प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २५ पुस । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताए ।

उनले भने – ‘सबै राजनीतिक दललाई सहमतिमा लिएर चाँडै नै निर्वाचनको मिति घोषणा गर्न परिमार्जन गर्नुपरे पनि आवश्यक छलफल गर्न सकिन्छ ।’

जनताको आवश्यकतालाई हेरेर राजनीतिक दलहरु अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राजनीतिक दलहरुबीचको सम्झौताको दस्तावेज संविधान भएकाले संविधान संशोधनका लागि दलहरु एक ठाउँमा उभिनुपर्ने बताए ।

नेता गुरुङले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नै सहमतिमा बनेको संविधानलाई कुल्चन नमिल्ने बताए । उनले भने – ‘कुनै पनि संविधान सर्वस्वीकार्य नहुने हुँदा समय र परिस्थिति अनुसार परिमार्जन गर्न सकिन्छ ।’

नेकपा ९एमाले०का पोलिटब्युरो सदस्य सोमप्रसाद पाण्डेले संसद्मा टेबुल भएको विधेयक अलोकतान्त्रिक भएको बताए । उनले भने – ‘रुपान्तरित संसद्लाई प्रदेशको सीमाङ्कनको अधिकार छैन कसरी सीमाङ्कनको हेरफेरको कुरा आयो ?’

मधेसी जनअधिकार फोरम नेपालका नेता शिवजी यादवले संसद्मा दर्ता भएको विधेयकले दलहरुबीच सहमतिको ढोका खोलेको बताए । उनले संसद्मा दर्ता भएको विधेयकलाई परिमार्जन गरे मधेसी दलले सहयोग गर्ने बताए  ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट