कश्मीरको अखनुर जिल्लामा भारतीय सैनिकमाथि गोली प्रहार

प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

एजेन्सी

भारत, २५ पुस । बन्दुकधारीको आक्रमणबाट भारत प्रशासित कश्मीरको अखनुर जिल्लामा तीन जना सैनिकको मुत्यु भएको छ ।

सेनाको जनरल इन्जिनियरिङ टोलीमाथि बटाला भन्ने स्थानमा गोली प्रहार भएको थियो । आक्रमणपछि बन्दुकधारी भाग्न सफल भएका छन् । आधिकारिक रुपमा केही बताइएको नभएपनि यो चरमपन्थी आक्रमण भएको अनुमान गरिएको छ ।

आक्रमणकारीलाई पक्रने उद्देश्यले सेनाले पुरै इलाकालाई घेराबन्दी गरेर सघन अपरेशन सुरु गरेको बताइएको छ ।

यस अघि सेप्टेम्बरमा उरी भन्ने स्थानमा भएको चरमपन्थी आक्रमणमा १७ सैनिकको मुत्यु भएको थियो भने अक्टुबरमा दक्षिणी इलाकाको शोपिया भन्ने स्थानमा चरमपन्थी आक्रमण हुँदा तीन जना घाइते भएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट