नक्शालमा सडक भासियो

प्रकाशित मिति: २४ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २४ पुस । आज बिहान उपत्यकास्थित नक्शालमा निर्माणाधीन एक होटलको भवनसँगैको सडक भासिएको छ । सडकको आधा भाग नै टावरको निर्माणका लागि तयार पारिएको जगमा भासिएको हो ।

बिहान ६ बजे सडक भासिए पछि नक्साल भगवतीदेखि बालमन्दिर सडकखण्डमा सवारी आवत-जावत रोकिएको छ । प्रहरीले सडक भासिएको क्षेत्रमा नजिक सर्वसाधारणलाई जान दिएको छैन ।

आइतबार बिहान ६ बजे भएको घटनामा कुनै पनि मानवीय क्षति भने नभएको महानगरीय प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट