सप्तरीमा आगलागी

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

सप्तरी, २२ पुस । सप्तरी जिल्लाको तिलाठी ९ बेलीस्थित मोहमद अब्दुल मियाँको घरमा गएराति आगलागी भएक छ ।

गोठमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा अन्य तीन वटा घर तथा घरमा रहेको अन्नपात तथा लत्ताकपडा जली करीब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।

आगलागीबारे जानकारी पाउनासाथै एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय बासिन्दाले नियन्त्रणमा ल्याएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट