ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

लहान, २२ पुस । ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते एक बालकको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

सिरहाको गोलबजार नगरपालिका–३ स्थित भित्री सडकखण्डमा स १ त ३१८७ नं को ट्र्याक्टरको ठक्करबाट सिरहाको गोलबजार नगरपलिका–३ निवासी १४ वर्षीय दीपक पासवानको मृत्यु भएको हो ।

बाटो पार गर्ने क्रममा गएराति ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका पासवानको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । यस्तै हिजो साँझ रुख काट्ने क्रममा रुखबाट लडेर सिरहाको चतरी–९ निवासी ५० वर्षीय मोतीलाल मुखियाको मृत्यु भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट