संसद बैठक तीन बजेसम्मका लागि स्थगित

प्रकाशित मिति: २४ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २४ पुस । पूर्वसांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव गर्दै व्वस्थापिका संसदको बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ ।

सभामुख ओनसरी घर्तीमगर अहिले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफलमा व्यस्त छिन् ।

आइतबारको संसद बैठकमा सरकारले संविधान संशोधन विधेयक टेबुल गर्ने तयारी गरेको छ भने नेकपा एमाले लगायतका प्रतिपक्षी ९ दलले भने संशोधन फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान लिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट