खेलकुद
प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार

राजेश थापामगर काठमाडौं, २ मंसिर । हिमालयन शेर्पा क्लब काठमाडौंमा जारी प्रथम चन्द्रागिरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार नैकापस्थित खेल मैदानमा भएको खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपिएफलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । शेर्पा क्लबलाई जिताउन राष्ट्रिय खेलाडी हेमन गुरुङले दुई तथा पियुस हेनरीले एक गोल गरेका […]


प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार

https://www.facebook.com/reporternepalcom/videos/1585940104815147/


प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार

राजेश थापामगर काठमाडौं, १ मंसिर । अन्तर्राष्ट्रिय व्हीलचेयर बास्केटबलअन्तर्गत महिलातर्फको उपाधि नेपालले जितेको छ । बिहिबार भएको दोस्रो खेलमा पनि बंगलादेशलाई ३२–१६ को स्कोरमा पराजित गर्दै तीन खेलको श्रृंखलामा नेपालले २–० को अग्रता लिँदै उपाधि जितेको हो । बुधबार भएको खेलमा पनि नेपालले बंगलादेशलाई २७–१६ को स्कोरमा पराजित गरेको थियो । दुई राष्ट्र सम्मेलित प्रतियोगितामा […]


प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार

राजेश थापामगर धनगढी, १ मंसिर । सुदूरपश्चिमाञ्चलको धनगढीमा आठौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । नेपाल गोजुरियो कराते डो युजेनकाई संघको आयोजनामा हुने प्रतियोगितामा नेपाल सहित भारत, भुटान, बंगलादेश, श्रीलङका र पाकिस्तानको सहभागिता रहने बिहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । ४२ स्वर्ण पदकका लागि हुने प्रतियोगितामा उमेर समूहअन्तर्गत ७ वर्षदेखि १८ […]


प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार

राजेश थापामगर काठमाडौं, १ मंसिर । विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सिएमजी संकटा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नैकापस्थित खेल मैदानमा बिहिबार भएको खेलमा संकटाले विभागीय टोली नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सुरुवाती ७ मिनेटमा नै संकटाले पुलिसविरुद्ध दुवै […]


प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहीबार

राजेश थापामगर काठमाडौं, ३० कात्तिक । अन्तर्राष्ट्रिय व्हीलचेयर बास्केटबलमा नेपालले विजयी सुरुआत गरेको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको प्रतियोगितामा नेपालले पुरुषमा २ तथा महिलामा १ खेल जितेको हो । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नेपालले बंगलादेशलाई ६२–३४ को स्कोर तथा भारतलाई ६०–३२ को स्कोरमा पराजित गरेको थियो । त्यस्तै महिलातर्फको […]


प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहीबार

राजेश थापामगर काठमाडौं, ३० कात्तिक । दोस्रो ओप्स जुनियर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि सामाखुसि बोर्डिङ स्कुल(सेब)ले जितेको छ । अर्गनाइजेसन अफ प्राइभेट स्कुल(ओप्स)को आयोजनामा बुधबार भएको फाइनल खेलमा सेबले एञ्जल्स हार्ट स्कुललाई ४८–२८ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो । सेबले पहिलो क्वाटरमा १२–२, दोस्रो क्वाटरमा १२–१०, तेस्रो क्वाटरमा १३–८ र चौथो क्वाटरमा […]


प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहीबार

राजेश थापामगर काठमाडौं, ३० कात्तिक । राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोली नेपाली आर्मी क्लब प्रवेश गरेको छ । नैकापस्थित खेल मैदानमा बुधबार भएको खेलमा विभागीय टोली आर्मीले पेनाल्टी सुटआउटमा जावलाखेल यूथ क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्ने […]


प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार

राजेश थापा मगर काठमाडौं, २९ कात्तिक । एएफसी एशियन कप छनौट खेलमा नेपालले घरेलु मैदानमा फिलिपिन्ससँग गोलरहित बराबरीमा खेलको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा नेपालका सुजल श्रेष्ठले खेलको १७औँ मिनेटमा गोल गर्ने सुन्दर अवसर खेर फालेको थिए । त्यस्तै फिलिपिन्सका सिमोन रोटाले २९औँ तथा कार्लोस डि मुर्गाले ३२औँ मिनेटमा गोल गर्ने […]


प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार

राजेश थापा मगर काठमाडौं, २९ कात्तिक । ए डिभिजन फ्रेन्ड्स क्लब प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार नैकापस्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा फ्रेन्ड्सले आयोजक ब्राईट युथ क्लबलाई ४(३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । फ्रेन्ड्सको जितमा म्यानअफ द म्याच घोषित धिरज श्रेष्ठले ह्याट्रिक गरे भने […]


प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार

राजेश थापा मगर काठमाडौं, २९ कात्तिक । भारतको गुहाटीमा हुने यूथ ओमन विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाई गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रम गरी सहभागी हुन जाने ७ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाललगायतले बिदाई गरेका थिए । प्रतियोगितामा नेपालको तर्फबाट ४८ […]


प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार

एसीसी यु–१९ एसिया कप क्रिकेटमा मलेसियालाई नेपालले ८ विकेटले हराएको छ । ४५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा २ विकेट गुमाएर विजयी भएको हो । बर्षाका कारण ५ घण्टा ढिलो गरी शुरु भएको खेलामा मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन मात्रै बनाउन सक्यो । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । […]


प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार

राजेश थापामगर काठमाडौं, २८ कात्तिक । एएफसी एशियन कप छनौट खेलअन्तर्गत मंगलबार (आज) दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपालले फिलिपिन्सको सामना गर्दैछ । समूह एफ मा रहेको नेपाल ४ खेलबाट एक मात्र अंक बटुल्दै समूहको पुच्छरमा रहदै प्रतियोगिताबाट बाहिरि सकेको छ । यता फिलिपिन्स भने समान खेलबाट ८ अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहेको […]


प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार

राजेश थापामगर काठमाडौं, २७ कात्तिक । दिपेश धामी र शोभा गौचनको जोडीले पाकिस्तानमा सम्पन्न पाकिस्तान ईन्टरनेशनल सिरिज ब्याट्मिन्टन प्रतियोगिता २०१७ अन्तर्गतको मिक्स डबल्सको उपाधि जितेका छन् । पाकिस्तानको लिकतजिम्नेजियम, इस्लामाबादमा आइतबार भएको प्रतियोगितामा दिपेश धामी र शोभा गौचनको जोडीले साविकको विजेता नङ्गशलदेवि तामाङ्ग र रत्नजित तामाङ्गको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गर्दै […]


प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार

राजेश थापामगर काठमाडौं, २७ कात्तिक । जुडो प्रशिक्षक एवं निर्णायक पृथ्वीआलोक कुशवाहा सम्मानित भएका छन् । आइतबार १९औँ पर्सा दिवसका अवसरमा पर्सा मिलन केन्द्र, काठमाडौंले पृथ्वीलाई जुडोमार्फत खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएबापत सम्मान गरेको हो । सो अवसरमा केन्द्रले पृथ्वी सहित सामाजिक, उद्योग/वाणिज्य, स्वास्थ्य, कला/संस्कृति र शिक्षा क्षेत्रमा योगदान पु¥याउने पर्सावासीलाई पनि सम्मान गरेको […]



 

 

 

 

 

 

 


ताजा अपडेट