व्हीलचेयर बास्केटबलमा नेपालको विजयी सुरुवात

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहीबार

राजेश थापामगर
काठमाडौं, ३० कात्तिक । अन्तर्राष्ट्रिय व्हीलचेयर बास्केटबलमा नेपालले विजयी सुरुआत गरेको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको प्रतियोगितामा नेपालले पुरुषमा २ तथा महिलामा १ खेल जितेको हो ।

नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नेपालले बंगलादेशलाई ६२–३४ को स्कोर तथा भारतलाई ६०–३२ को स्कोरमा पराजित गरेको थियो ।

त्यस्तै महिलातर्फको खेलमा नेपालले बंगलादेशलाई २७–१६ को स्कोरमा पराजित ग¥यो । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशको सहभागित रहेको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट