ओप्स जुनियर बास्केटबलको उपाधि सेबलाई

प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहीबार

राजेश थापामगर
काठमाडौं, ३० कात्तिक । दोस्रो ओप्स जुनियर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि सामाखुसि बोर्डिङ स्कुल(सेब)ले जितेको छ । अर्गनाइजेसन अफ प्राइभेट स्कुल(ओप्स)को आयोजनामा बुधबार भएको फाइनल खेलमा सेबले एञ्जल्स हार्ट स्कुललाई ४८–२८ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।

सेबले पहिलो क्वाटरमा १२–२, दोस्रो क्वाटरमा १२–१०, तेस्रो क्वाटरमा १३–८ र चौथो क्वाटरमा ११–८ को स्कोर बनाएको थियो । सेबका बाबुराम पुनमगरले सर्वाधिक २२ स्कोर गरेका थिए । प्रतियोगितामा मञ्जरीे हिमरश्मि स्कुलमाथि २९–९ को स्कोरले पराजित गर्दै तेस्रो भयो । प्रतियोगितामा मस्ट भ्यालुएबल प्लेयर सेबका रबि शर्मा, थ्री पोइन्टर सेबकै बाबुराम पुन र हाई स्कोरर एञ्जल्स हार्टका सागर परियार घोषित भए ।

अनुशासित टिमको उपाधि भने हिमरश्मिले प्राप्त ग¥यो । विजेतालाई प्याब्सन उपत्यका प्रदेशको इन्चार्ज थकिनकुमार गुरुङ, ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का र व्यवस्थापकीय विद्यालय सेबका प्रिन्सिपल युवराज थापालगायतले पुरस्कृत गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट