खेलकुद
प्रकाशित मिति: १६ मंसिर २०७४, शनिबार

राजेश थापामगर काठमाडौं, १६ मंसिर । राष्ट्रिय क्रिकेट खेलाडी महेश क्षेत्री नेपालगञ्ज स्पोर्टस अनरबाट सम्मानित भएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच क्षेत्रीलाई क्रियटिभ ह्याण्ड्सले उमेर तथा राष्ट्रिय टिमबाट खेलिसकेका विकेट किपर ब्याट्सम्यान महेश क्षेत्रीलाई एक थान स्कुटर सहित सम्मान गरेको हो । क्षेत्रीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले सम्मान गरेका थिए […]


प्रकाशित मिति: १६ मंसिर २०७४, शनिबार

राजेश थापामगर काठमाडौं, १६ मंसिर । बिरेन्द्र सैनिकले दोस्रो एलए अन्तरकलेज खेलकुद अन्तर्गत फुटबलको उपाधि जितेको छ । शुक्रबार हात्तीबनस्थित एलएको मैदानमा भएको ब्वाइज फाईनल खेलमा सैनिकले आयोजक एलए ए टिमलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा सैनिकका प्रसिद्ध खड्का उत्कृष्ट डिफेन्डर र सुनिल श्रेष्ठले सर्वाधिक गोलकर्ताको उपाधि जिते । त्यस्तै […]


प्रकाशित मिति: १६ मंसिर २०७४, शनिबार

राजेश थापामगर काठमाडौं, १६ मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसिपकाको तयारीको लागि अमेरिका विरुद्धको खेलिएको अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार युएईस्थित ग्रिन नर्सरी ओभल मैदानमा भएको अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ३६ दशमलव १ ओभरमा सबैै विकेट गुमाएर मात्र ८९ रनको न्युन […]


प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

राजेश थापा मगर काठमाडौं, १५ मंसिर । सिनियर विश्व कुरांस च्याम्पियनसिपमा भगवती माझीले प्रतिस्पर्धा गर्ने भएकी छन् । डिसेम्बर १ देखि ४ तारिखसम्म टर्कीको इस्तानबुलमा हुने प्रतियोगितामा सहभागी हुने बिहिबार भगवती त्यसतर्फ गएकी छन् । भगवतीले महिला ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । भगवती सँगै कुरांस संघकी उपाध्यक्ष प्रतिक्षा खरेल पनि टर्कीमा खेलको दौरन […]


प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

राजेश थापा मगर काठमाडौं, १५ मंसिर । नेपाल ओलम्पिक कमिटीे, एनओसीले इन्डोनेसियाको जकार्तामा हुने १८औँ एसियाली खेलकुदलाई परिणाममुखी बनाउने उद्देश्यले कार्य थालेको बताएको छ । काठमाडौंंमा बिहिबार पत्रकार सम्मेलन गरी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडी सहभागिताको विषयमा रेकर्ड, सम्भावना बोकेको खेल र सफलता हात पार्ने आधारलाई ध्यान दिने बताए । साथै कमिटीले विगतका एसियाडमा झै […]


प्रकाशित मिति: १४ मंसिर २०७४, बिहीबार

राजेश थापा मगर काठमाडौं, १४ मंसिर । टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता यानकुमारी चौलागाईंसहितको तेक्वान्दो टोली स्वदेश फर्किएको छ । क्यानडामा मंसिर २ र ३ गते सञ्चालन भएको प्रतियोगितामा यानकुमारीले महिला ५७ केजीमुनि तौल समूहको फाइनलमा यानले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितेकी थिइन् । नेपालको तर्फबाट सहभागी ३ खेलाडी मध्ये यानकुमारीले […]


प्रकाशित मिति: १४ मंसिर २०७४, बिहीबार

राजेश थापा मगर काठमाडौं, १४ मंसिर । साइपाल एकेडेमी दोश्रो रोज बड उपत्यकाब्यापी अन्तर कलेज बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको गल्र्सतर्फको खेलमा साइपालले एसलाई ४५–२६ को स्कोरमा पराजित ग¥यो । साइपालको जितमा रोशनी श्रेष्ठको १२ अंक महत्वपूर्ण रह्यो । राउन्ड रोविनलिगको आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको उपाधिका लागि साइपालले जेभियर इन्टरनेशनल […]


प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार

पाँचथर, १३ मंसिर । १६औँ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको स्मृतिमा खेलाइदै आएको फाल्गुनन्द गोल्डकपको ९औँ संस्करण पुष ७ बाट सञ्चालन हुने भएको छ । फिदिम स्पोर्टिङ क्लब पाँचथरले आयोजना गर्ने प्रतियोगिता पुष १६ गते सम्पन्न हुनेछ । फाल्गुनन्द गोल्डकपको यस संस्करणमा नेपालका ९ तथा भारतको एक गरी १० ओटा फुटबल टोली सहभागी हुनेछन् । प्रतियोगितामा […]


प्रकाशित मिति: १२ मंसिर २०७४, मंगलवार

राजेश थापा मगर काठमाडौं, १२ मंसिर । दोश्रो माफअन्तर विद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइज र गल्र्स दुवैको उपाधि ज्ञान निकेतनले जितेको छ । सोमबार भएको ब्वाइज फाइनलमा ज्ञान निकेतन ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ५३–३४ ले पराजित ग¥यो । ज्ञान निकेतन ‘ए’ को जितमा कुशल गैरेले २१ अंक योगदान गरे । त्यस्तै गल्र्सतर्फको उपाधि भिडन्तमा […]


प्रकाशित मिति: १२ मंसिर २०७४, मंगलवार

राजेश थापा मगर काठमाडौं, १२ मंसिर । आईसीसी महिला विश्व टि-२० एसिया छनौट प्रतियोगितामा नेपालले तेस्रो स्थान हात पारेको छ । सोमबार थाईल्याण्डस्थित टर्डथाई क्रिकेट मैदान तेस्रो स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै ९४ रन बनाएको थियो । […]


प्रकाशित मिति: १२ मंसिर २०७४, मंगलवार

राजेश थापा मगर काठमाडौं, १२ मंसिर । युएईविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । सोमबार घोषणा गरिएको टिममा कप्तानीको जिम्मेवारी पारस खड्काले पाएका छन् । ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको नेपाली टिममा शरद भेष्वाकर, बसन्त रेग्मी, सोमपाल कामी, बिनोद भण्डारी, सागर पुन, करण केसी, दिपेन्द्रसिंह ऐरी, सन्दिप […]


प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

राजेश थापा मगर काठमाडौं,११ मंसिर । १२औँ भ्याली पब्लिक कपअन्तर विद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधि आयोजक भ्याली पब्लिक र महिलातर्फको उपाधि हिमालय ह्याप्पी चिल्ड्रेन एकेडेमीले जितेका छन् । आईतबार भएको पुरुषतर्फको फाईनल खेलको पहिलो क्वाटरको अन्त्यमा रेफ्रिको निर्णयप्रति असहमति जनाउँदै ज्ञान निकेतनले खेल परित्याग गरेपछि भ्याली पब्लिकलाई विजयी घोषित गरिएको थियो । भ्यालीका सुन्दर तामाङले […]


प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

राजेश थापा मगर काठमाडौं, ११ मंसिर । नेपाल विश्वकप ग्लोबल छनौटमा पुग्न असफल भएको छ । आईसीसी महिला विश्व टि-२० एसिया छनौट प्रतियोगितामा नेपाल ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेसँगै ग्लोबल छनौटका लागि असफल भएको हो । राउण्ड रविनका आधारमा नेपाल, थाइल्याण्ड, हङकङ, मलेसिया, चिन र युएई सहभागी प्रतियोगिताका शीर्ष दुई टिम ग्लोबल छनौटका […]


प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार

काठमाडौं, १० मंसिर । आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले चीनलाई पराजित गर्दै जित हात पारेको छ । थाइल्याण्डको बैंककमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । १ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अलआउट […]


प्रकाशित मिति: ९ मंसिर २०७४, शनिबार

राजेश थापा मगर काठमाडौं, ९ मंसिर । आईसीसी महिला विश्व टि-२० एसिया छनौट अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ३३ रनले विजयी हुँदै प्रतियोगितामा पहिलो जित प्राप्त गरेको छ । थाइल्याण्डस्थित एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी मैदानमा शुक्रबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो […]



 

 

 

 

 

 

 


ताजा अपडेट