काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता स्थगित गरिएको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी चैत १ देखि १५ गते सम्म काठमाडौंमा हुने लिग अनिश्चितकालका स्थगित गरिएको आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टले जनाएको छ । ६ वटा फ्रेन्चाइजी टिमको सहभागिता रहेको प्रतियोगितामा सहभागी विदेशी खेलाडीका साथै खेल तालिका पनि सार्वजनिक भइसकेको थियो । […]
काठमाडौं । ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको हो । टस जितेर बलिङ रोजेको नेपालले अब ब्याटिङ गर्दैछ । नेपालका लागि करण […]
काठमाडौं । मंगलबार सम्पन्न १३औँ सागमा भारतले आफ्नो वर्चश्व कायम राख्दै अग्रस्थान हासिल गरेको छ । दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म वर्चस्व जमाएको भारतले १३औँ सागमा १७४ स्वर्ण जित्दै आफूलाई अग्रस्थानमा राख्न सफल भएको हो। भारतले १७४ स्वर्णसहित ९३ रजत र ४५ कास्य गरी ३१२ वटा पदक जितेको थियो। बाँकी सबै राष्ट्रले पाएको स्वर्णको […]
काठमाडौं । नेपालले भुटानलाई २–१ ले पराजित गर्दै १३औँ साग अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जित्न सफल भएको छ। मंगलबार दशरथ रंगशालामा सम्पन्न भएको खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्ण हात पारेको हो। नेपालले १७औँ मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर भुटानका ३७औँ मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए । […]
काठमाडौं । जलपरी गौरिका सिंहले चौथो स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् । यसअघि १३औँ सागमा नै नेपाललाई तीन स्वर्ण दिलाइसकेकी गौरिकाले सोमबार सातदोबाटोमा भएको १०० मिटर फ्रीस्टाइलमा चौथो स्वर्ण जित्दै कीर्तिमान बनाएकी हुन् । उनले भारतीय शिवांगी शर्मालाई पराजित गर्दै निर्धारित दूरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । शिवांगीले निर्धारित दूरी ५८ दशमलव १५ […]
काठमाडौं । नेपालका लागि गोपीचन्द्र पार्कीले सागअन्तर्गत एथ्लेटिक्सको पुरुषतर्फ ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको प्रतियोगितामा गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा दौड पूरा गरेर स्वर्ण जितेका हुन् । जारी सागमा नेपालले एथ्लेटिक्समा दोस्रो स्वर्ण जितेको हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार […]
काठमाडौं । नेपालकी सन्तोषी श्रेष्ठले भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै स्वर्ण जितेकी छन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत दशरथ रंगशालामा मंगलबार भएको खेलमा एथ्लेटिक्सको १० हजार मिटर दौडमा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डको समयमा निर्धारित दूरी पार गर्दै स्वर्ण जितेकी हुन् । सागको इतिहासमै नेपालले एथलेटिक्समा महिलातर्फ पहिलो स्वर्ण हात पारेको हो […]
पोखरा । नेपाली खेलाडी सोनु गुरुङले १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा आज सञ्चालन भएको ट्रायथोलन खेलमा स्वर्ण पदक जितेकी छन् । नेपालसहित भारत र श्रीलङ्का गरी तीन देशबाट दुई जनाका दरले सहभागी ६ जना प्रतिष्पर्धीलाई पछि पार्दै पोखरामा जारी साग खेलकूदमा उनले पहिलो पटक स्वर्ण पदक हात पारेकी हुन् । पोखराको फेवाताल किनारस्थित […]
काठमाडौं । शनिबार नेपालगन्ज म्याराथनको पाँचौं संस्करणको उद्घाटन गरिएको छ । म्याराथनको उद्घाटन गर्न नेपालगन्ज पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई राष्ट्रव्यापी बनाउँदै प्राप्त उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा अघि बढेको बताएका छन् । नेपालगन्ज विमानस्थलको विस्तार र स्तरोन्नतिको अध्ययन र छलफलका लागि आफू नेपालगन्ज आएको बताउँदै मन्त्री […]
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले बंगलादेशको ढाकामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको छ। ऐतिहासिक उपाधि जितेका नेपाली खेलाडी शुक्रबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली खेलाडीलाई स्वागत गर्न पुगेका खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाली […]
काठमाडौं । विगत दर्श वर्षदेखि नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्टै राजीनामा दिने घोषणा गरेका हुन् । आफ्नो फेसबुक पोष्टमा पारसले निलम्बन फुकुवा […]
काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले सोमबार राति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले युभेन्टसका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । मेस्सी यो सँगै ६ पटक विश्वको सर्वोत्कृष्ट […]
काठमाडौं । चीनको जिंगमेन शहरमा अगष्ट १७ देखि २६ सम्म हुन लागेको आईएफए अन्तर्राष्ट्रिय फुटसलमा भाग लिन पुरुषोत्तम बुढाथोकीको नेतृत्वमा नेपाली फुटसल टोली त्यसतर्फ जाने भएको छ । अन्तर्राष्ट्रिय फुटसल एलाईन्सको आयोजनामा हुन गईरहेको आईएफए फुटसल वर्ल्डकपमा अन्तर्राष्ट्रिय फुटसल एलाईन्स नेपालको तर्फबाट भाग लिन बुढाथोकीसहित खेलाडीहरु साजन महर्जन, मीलन नकर्मी, रीतेश पौड्याल, गोविन्द श्रेष्ठ महर्जन, […]
काठमाडौं । भदौ २६ देखि ३० गतेसम्म भारतको दिल्लीमा आयोजना हुन गईरहेको एसियन साम्बो च्याम्पियनसिपमा नेपालका १५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा नेपालबाट ४ महिला खेलाडी र ११ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दैछन । एसियन साम्बो च्याम्पियनसिपमा नेपालको तर्फबाट भगवती माझी, सब्बा रानी महर्जन, मिरा पौडेल, रचना लामा, कृण्णलाल तामाङ, दिनेश महर्जन, सुसन लामा, […]
काठमाडौं । नेपालले आइसीसी टि-२० विश्वकप अन्तर्गत एसिया छनौटको तेस्रो खेलमा कुवेतमाथि ७ विकेटको शानदार जित हात पारेको छ। कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । कप्तान पारस खड्काको उत्कृष्ट अर्धशतकीय पारीसँगै बसन्त रेग्मी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङका कारण नेपालले कुवेतलाई हराउन सफल भएको […]