भ्याली पब्लिक र ह्याप्पी चिल्ड्रेनलाई उपाधि

प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

राजेश थापा मगर
काठमाडौं,११ मंसिर । १२औँ भ्याली पब्लिक कपअन्तर विद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधि आयोजक भ्याली पब्लिक र महिलातर्फको उपाधि हिमालय ह्याप्पी चिल्ड्रेन एकेडेमीले जितेका छन् ।

आईतबार भएको पुरुषतर्फको फाईनल खेलको पहिलो क्वाटरको अन्त्यमा रेफ्रिको निर्णयप्रति असहमति जनाउँदै ज्ञान निकेतनले खेल परित्याग गरेपछि भ्याली पब्लिकलाई विजयी घोषित गरिएको थियो । भ्यालीका सुन्दर तामाङले पहिलो क्वाटरको अन्तिम समयमा गरेको २ स्कोरलाई लिएर विवाद उत्पन्न भएको थियो ।

त्यस्तै महिलातर्फको फाईनल खेलमा ह्याप्पी चिल्ड्रेनले आयोजक भ्याली पब्लिकलाई २७–१६ को स्कोरमा पराजित गर्दै च्याम्पियन बन्यो । पहिलो क्वाटरमा १–५ को स्कोरले पछि परेको ह्याप्पी चिल्ड्रेनले बाँकी तीन क्वाटरमा उत्कृष्ट प्रर्दशन गदै ७–०, १०–७ र ९–४ को स्कोरले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

ह्याप्पी चिल्ड्रेनको जितमा सर्वोत्कृष्ट खेलाडी हुन सफल सन्जु हायुले सर्वाधिक १८ स्कोर गरिन् । प्रतियोगिताको पुरुषतर्फ भ्याली पब्लिकका राहुल विक उत्कृष्ट खेलाडी चुनिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट