अभ्यास खेलमा नेपाल पराजित

प्रकाशित मिति: १६ मंसिर २०७४, शनिबार

राजेश थापामगर
काठमाडौं, १६ मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसिपकाको तयारीको लागि अमेरिका विरुद्धको खेलिएको अभ्यास खेलमा नेपाल पराजित भएको छ । शुक्रबार युएईस्थित ग्रिन नर्सरी ओभल मैदानमा भएको अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ३६ दशमलव १ ओभरमा सबैै विकेट गुमाएर मात्र ८९ रनको न्युन स्कोरमा समेटिएको थियो । प्रमुख खेलाडी कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचनबिना नै मैदानमा उत्रेको नेपालको लागि बसन्त रेग्मीले सर्वाधिक २१, दिलिप नाथले १६, दिपेन्द्रसिंह ऐरीले १२ र कुशल भुर्तेलले १० रन बनाउनु बाहेक अन्यले दोहोरो रनको स्कोर बनाउन सकेनन् । जवाफी ब्याटिङ गरेको अमेरिकाले २२ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर विजयी लक्ष्य भेटाएको थियो ।

अमेरिकाको जितमा सेइद अब्दुल्लाहको ४४ रनको योगदान महत्वपुर्ण रह्यो । नेपालका लागि सोमपाल कामीले ३ तथा सागर पुनले २ विकेट लिए । दोस्रो अभ्यास खेलमा आईतबार नेपालले केन्यासँग खेल्नेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट