नेपालको सानदार जीत, मलेसियालाई ८ विकेटले हरायो

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार

एसीसी यु–१९ एसिया कप क्रिकेटमा मलेसियालाई नेपालले ८ विकेटले हराएको छ । ४५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा २ विकेट गुमाएर विजयी भएको हो ।

बर्षाका कारण ५ घण्टा ढिलो गरी शुरु भएको खेलामा मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन मात्रै बनाउन सक्यो । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालका लागि अनिल कुमार साहले नटआउट २६ रनको योगदान दिए भने कप्तान दिपेन्द्रसिंह ऐरीले १२ तथा आशिफ शेखले ४ रन बनाए ।

नेपालका लागि सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । नेपाली टीमका कप्तान दिपेन्द्रसिंह ऐरी र शहवाव आलमले समान २–२ विकेट लिए भने अनिल कुमार शाहले १ विकेट लिए । बर्षाका कारण ५० ओभरको खेललाई २४ ओभरमा छोट्याइएको थियो । आयोजक मलेसियाले नेपाली खेलाडीविरुद्ध राम्रो खेल्न सकेनन् । मलेसियाका ६ जना खेलाडी शून्य रनमा आउट भए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट