संकटा चन्द्रागिरी गोल्डकपको सेमिफाईनलमा

प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार

राजेश थापामगर
काठमाडौं, १ मंसिर । विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सिएमजी संकटा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नैकापस्थित खेल मैदानमा बिहिबार भएको खेलमा संकटाले विभागीय टोली नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सुरुवाती ७ मिनेटमा नै संकटाले पुलिसविरुद्ध दुवै गोल गरेको थियो । संकटाका लागि पाँचौ मिनेटमा आइभोरीकोष्टका फ्लोरन्स कोआभाले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।

कोआभाले गोल गरेको दुई मिनेट पश्चात नै अर्का आइभोरीकोष्टका खेलाडी मार्टिन्स अजयीले गोल गर्दै टिमको अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो हाफमा पुलिसका अभिषेक रिजाल र रवि पासवानले गोल गर्ने केहि सुनौलो अवसर गुमाएका थिए । पहिलो हाफमा २-० गोलले पछि परेको पुलिसले दोस्रो हाफमा पनि गोल गर्ने आधा दर्जन मौका खेल फाल्दा खेलमा पराजित हुनु पर्यो ।

बिहिबारको खेलमा संकटाका फ्लोरन्स कोआभाले म्यानअफ द म्याच घोषित हुँदै नगद रु ३ हजार प्राप्त गरेका थिए । फाईनल प्रवेशका लागि संकटाले शनिबार फ्रेन्ड्स क्लबको सामना गर्नेछ । प्रतियोगिताअन्र्तगत शुक्रबार हिमालय शेर्पा र नेपाल एपिएफ क्लबबीच खेल हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट