१९औँ पर्सा दिवसमा जुडोका पृथ्वी सम्मानित

प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार

राजेश थापामगर
काठमाडौं, २७ कात्तिक । जुडो प्रशिक्षक एवं निर्णायक पृथ्वीआलोक कुशवाहा सम्मानित भएका छन् । आइतबार १९औँ पर्सा दिवसका अवसरमा पर्सा मिलन केन्द्र, काठमाडौंले पृथ्वीलाई जुडोमार्फत खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएबापत सम्मान गरेको हो ।

सो अवसरमा केन्द्रले पृथ्वी सहित सामाजिक, उद्योग/वाणिज्य, स्वास्थ्य, कला/संस्कृति र शिक्षा क्षेत्रमा योगदान पु¥याउने पर्सावासीलाई पनि सम्मान गरेको थियो । उनीहरुलाई राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले सम्मानित गरेका थिए । पृथ्वी अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) लेभल २ प्रशिक्षकका साथै इन्टरनेसनल कन्टिनेन्टल रेफ्री पनि हुन् ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमको प्रशिक्षकको भूमिका समेत निर्वाह गरेका २७ वर्षे पृथ्वीले ६ वर्षको उमेरदेखि जुडो खेल्न सुरु गरेका थिए । खेलाडीका रुपमा उनले विभिन्न संस्करणको राष्ट्रिय जुडोमा २ स्वर्ण, ३ रजत र ५ कास्य जितेका छन् ।

२०६२ सालमा सक्रिय खेलाडी जीवनबाट सन्यास लिएका पृथ्वी २०६५ सालदेखि राष्ट्रिय खेलकुद परिषदअन्तर्गत पर्सा जिल्ला खेलकुद विकास समितिमा करार सहायक प्रशिक्षकका रुपमा कार्यरत छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट