पाकिस्तान ईन्टरनेशनल सिरिज ब्याट्मिन्टनको उपाधि दिपेश र शोभालाई

प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार

राजेश थापामगर
काठमाडौं, २७ कात्तिक । दिपेश धामी र शोभा गौचनको जोडीले पाकिस्तानमा सम्पन्न पाकिस्तान ईन्टरनेशनल सिरिज ब्याट्मिन्टन प्रतियोगिता २०१७ अन्तर्गतको मिक्स डबल्सको उपाधि जितेका छन् ।

पाकिस्तानको लिकतजिम्नेजियम, इस्लामाबादमा आइतबार भएको प्रतियोगितामा दिपेश धामी र शोभा गौचनको जोडीले साविकको विजेता नङ्गशलदेवि तामाङ्ग र रत्नजित तामाङ्गको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

कात्तिक २३ देखि २६ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको सोही स्र्पाधामा नेपालका बिष्णु कटुवाल र सुनैना मुखियाको जोडीले कास्य पदक प्राप्त गर्यो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट