आज नेपाल र फिलिपिन्स भिड्दै

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार

राजेश थापामगर
काठमाडौं, २८ कात्तिक । एएफसी एशियन कप छनौट खेलअन्तर्गत मंगलबार (आज) दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपालले फिलिपिन्सको सामना गर्दैछ । समूह एफ मा रहेको नेपाल ४ खेलबाट एक मात्र अंक बटुल्दै समूहको पुच्छरमा रहदै प्रतियोगिताबाट बाहिरि सकेको छ ।

यता फिलिपिन्स भने समान खेलबाट ८ अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहेको छ । त्यसैले फिलिपिन्सविरुद्ध घरेलु मैदानमा हुने खेल नेपालको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ। यसअघि फिलिपिन्समा भएको अवे म्याचमा नेपाल ४-१ गोलअन्तरले पराजित भएको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको प्रि-म्याच कन्प्रेन्समा नेपालका प्रशिक्षक ग्योतोकु कोजीले विगतको कमीकमजोरीलाई सुधार गर्दै टिमको रणनीति परिवर्तन गर्दै जितकै लागि खेल्ने बताए ।

त्यस्तै कप्तान अनिल गुरुङले फिलिपिन्स बलियो टिम भए पनि घरेलु मैदानमा सबै खेलाडीले शतप्रतिशत दिएर खेल्न सके जित टाढा नरहेको बताए । घरेलु लिग लामो समयसम्म नहुँदा खेलाडी छनौटका धेरै विकल्प नहुनु सबैभन्दा समस्या रहेको पनि कप्तान अनिलले बताए ।

सोमबार एन्फाले फिलिपिन्सविरुद्धको खेलका लागि घोषणा गरेको टिममा अनिलले पुनरागमन गरेका छन् । नेपालका लागि ४९ क्याप जितिसकेका अनिलले मंगलबार हुने फिलिपिन्सविरुद्धको खेलमा मैदानमा उत्रे नेपालको लागि ५० क्याप जित्नेछन् । अनिलले यसै खेलपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट