हिमालयन शेर्पा चन्द्रागिरी गोल्डकपको सेमिफाईनलमा

प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार

राजेश थापामगर
काठमाडौं, २ मंसिर । हिमालयन शेर्पा क्लब काठमाडौंमा जारी प्रथम चन्द्रागिरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार नैकापस्थित खेल मैदानमा भएको खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपिएफलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

शेर्पा क्लबलाई जिताउन राष्ट्रिय खेलाडी हेमन गुरुङले दुई तथा पियुस हेनरीले एक गोल गरेका थिए । शेर्पाका लागि खेलको १४औँ मिनेटमा हेमन गुरुङले डि–बक्स बाहिरबाट गरेको सशक्त प्रहार एपिएफका गोलरक्षक अमृत चौधरीले रोक्ने कुनै मौका नै पाएन । पहिलो हाफमा १–० ले अघि रहेको शेर्पाले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । ७४औँ मिनेटमा हेमनले एपिएफका तीन रक्षकलाई बिट गर्दै आकर्षक गोल गरे ।

त्यस्तै ८७औँ मिनेटमा एपिएफका गोलरक्षक र डिफेन्सको तालमेल नमिलेको फाइदा उठाउँदै विदेशी खेलाडी पियुुस हेनरीले शेर्पाका लागि तेस्रो गोल गरे । दुई गोल गरेका शेर्पाका हेमन गुरुङ म्यानअफ दि म्याच घोषित हुँदै नगद रु ३ हजार प्राप्त गरे । अब फाईनल प्रवेशका लागि हिमालयन शेर्पाले आईतबार आर्मी क्लबको सामना गर्नेछ । प्रतियोगिताअन्र्तगत पहिलो सेमिफाईनलमा शनिबार संकटाले फ्रेन्ड्स क्लबको सामना गर्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट