नेपाल र फिलिपिन्सले खेले बराबरी

प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार

राजेश थापा मगर
काठमाडौं, २९ कात्तिक । एएफसी एशियन कप छनौट खेलमा नेपालले घरेलु मैदानमा फिलिपिन्ससँग गोलरहित बराबरीमा खेलको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा नेपालका सुजल श्रेष्ठले खेलको १७औँ मिनेटमा गोल गर्ने सुन्दर अवसर खेर फालेको थिए ।

त्यस्तै फिलिपिन्सका सिमोन रोटाले २९औँ तथा कार्लोस डि मुर्गाले ३२औँ मिनेटमा गोल गर्ने अवसर खेल फालेका थिए । खेलमा अधिकांश समय आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा फिलिपिन्स गोलरहित बराबरीमा रोकिन बाध्य भयो । यो बराबरी सँगै एक खेल अगावै फिलिपिन्सले पहिलो पटक एसियन कपमा छनौट हुन सुन्दर अवसर गुमाएको छ ।

फिलिपिन्समा भएको पहिलो लेगको खेलमा भने नेपाल फिलिपिन्ससँग ४-१ गोलअन्तरले पराजित भएको थियो । होम एण्ड अवेका आधारमा सञ्चालन भएको प्रतियोगिताको समूह एफमा पाँच खेलबाट ९ अंक जोडेको फिलिपिन्स पहिलो स्थानमा छ भने समान ७-७ अंक जोडेको यमन र ताजिकिस्तान दोस्रो र तेस्रो स्थानमा रहेको छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले बराबरी पश्चात थप एक अंक बटुलेको छ ।

फिलिपिन्सविरुद्धको खेलपश्चात स्ट्राइकर अनिल गुरुङले राष्ट्रिय टिमबाट सन्यास लिएका छन् । फिलिपिन्सविरुद्धको खेलमा ८२औँ मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका अनिलले नेपालका लागि ५०औँ खेल पूरा गरे । अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए पनि अनिलले घरेलु लिगलाई भने निरन्तरता दिने बताएका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट