व्यापार/व्यवसाय
प्रकाशित मिति: २५ असार २०७७, बिहीबार

काठमाडौं । सुन बिहीबार एकै पटक तोलामा ९ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्‍य वृद्धि भएकाले नेपाली बजारमा पनि सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कोरोनाका कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्ने गरेको छ । यस्तै चाँदीको भाउ पनि […]


प्रकाशित मिति: १८ असार २०७७, बिहीबार

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको हो । गएको आइतबार र सोमबार सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ तोकिएकोमा मङ्गलबार २ सय रुपैयाँ बढेर तोलाको ९१ हजार २ सय रुपैयाँ पुगेको थियो । […]


प्रकाशित मिति: १४ असार २०७७, आईतवार

काठमाडौं । कृषि मन्त्रालयले नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपुर्याएको भन्दै किसानहरुलाई नआत्तिन आग्रह गरेको छ । केही साता अघि भारतको बंगालमा देखिएको वनस्पति नाशक किरा ‘सलह’ प्रदेश २ को सर्लाही हुँदै शनिबार नेपालमा प्रवेश गरेपछि किसानहरु चिन्तित बनेका थिए । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी […]


प्रकाशित मिति: १४ असार २०७७, आईतवार

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ७ सय रूपैयाँले बढेर प्रतितोला ९१ हजारभन्दा माथि पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको ९० हजार ६ सय र बुधबार ९१ हजार १ सयमा कारोबार भएको थियो । आइतबार सुनसँगै […]


प्रकाशित मिति: ८ असार २०७७, सोमबार

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९१ हजार पुगेको छ । आइतबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार भने ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी पनि तोलामा ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार

काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको भनिएको १० अर्ब रुपैयाँको विवरण सार्वजनिक गरेको छ । विपक्षी कांग्रेसले संसदमा खर्चको पारदर्शी रुपमा हिसाब सार्वजनिक हुनपर्ने माग गरेपछि सकारले हालसम्म भएको खर्च विवरण सार्वजनिक गरेको हो। सरकारले कोरोना नियन्त्रणका लागि १० अर्ब खर्च भएको बताएपछि उक्त खर्च अश्वभाविक भएको भन्दै चौतर्फी आलोचना सुरु […]


प्रकाशित मिति: २८ जेष्ठ २०७७, बुधबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य बढेर ८८ हजार ६ सय रुपैयाँ पुगेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा ८७ हजार सात सयमा कारोबार भएकोमा आज तोलामा ९ सय रुपैयाँले बढेर ८८ हजार ६ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर ९ सय ३५ रुपैयाँमा […]


प्रकाशित मिति: १५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेका छन् । बुधबार संघीय संसदमा अर्थमन्त्री खतिवडाले आगामी आवको लागि १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालूतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब […]


प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहीबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजैबाट कार्यान्वयन हुने गरी शेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । धितोपत्र बोर्डले अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि शेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ। लकडाउनका बेला पनि दैनिक २ घण्टा कारोबार गर्ने गरी बन्द भएको ५०औँ दिनमा मंगलबार बजार खुलेको थियो । पछिल्लो समय काठमाडौंमा कोरोना […]


प्रकाशित मिति: २८ बैशाख २०७७, आईतवार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज आगामी आर्थिक वर्ष २०७७/७८ मा बजेटमा समावेश हुने प्राथमिकता तथा सिद्धान्तहरु संसदमा प्रस्तुत गरेका छन्। अर्थमन्त्रीले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै कृषिलाई सुधार गर्ने नीतिसहितको बजेटका प्राथमिकता र सिद्धान्त संसदमा पेश गरेका हुन् । नयाँ बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै उनले कोरोना नियन्त्रणको लागि स्वास्थ्य सेवाको गुणस्तर […]


प्रकाशित मिति: २० बैशाख २०७७, शनिबार

जाजरकोट । जाजरकोट जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुन प्रतिकेजी रु ६० मा किनबेच भइरहेको छ । बारेकोट गाउँपालिकाले सदरमुकामस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडकोे डिपोबाट २०० क्विन्टलभन्दा बढी नुन खरिदका लागि चिठी पठाए पनि मुस्किलले १०० क्विन्टल मात्र पाएको छ । स्थानीय सरकारले भनेजति नुन खरिद गर्न खोजे पनि […]


प्रकाशित मिति: १७ बैशाख २०७७, बुधबार

काठमाडौं । पूर्व उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा स्थापित स्व.भरतमोहन स्मृति फाउण्डेशनले आसन्न बजेटबारे पूर्व अर्थमन्त्री अर्थविद् एवम् नेताहरुबीच छलफल चलाउने भएको छ । फाउण्डेशनले स्व.अधिकारीको ८५औँ जन्मदिवसको अवसर पारेर वैशाख २० गते भर्चुअल भिडियो कंन्फ्रेन्स मार्फत छलफल कार्यक्रम संचालन गर्न लागेको हो । जसमा पूर्व अर्थमन्त्रीहरु डा. प्रकाश चन्द्र लोहनी र सुरेन्द्र पाण्डे […]


प्रकाशित मिति: १६ बैशाख २०७७, मंगलवार

काठमाडौं। दक्षिण कोरियाबाट बिदामा नेपाल आएका श्रमिक कोरिया फर्कन पाउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीअघि बिदा लिएर नेपाल आएका नेपाली श्रमिकलाई कोरियासम्म पुर्‍याउन सरकारले समन्वय गरिदिने निर्णय गरेको हो । विशेषगरी लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको बिदा लिएर नेपाल पुगेका नेपाली श्रमिक समयमै फर्किन नसक्दा भिसा नै रद्द हुने हो […]


प्रकाशित मिति: ७ बैशाख २०७७, आईतवार

काठमाडौं । नेपाल आयल निगमले ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमतिपत्र खारेज गरेको छ । निगमले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र खारेज गरिएको जनाएको छ । २०७१ माघ १४ गतेपछि ५३ ग्यास उद्योगले नयाँ तथा शाखा उद्योग सञ्चालन गर्नेभन्दै […]


प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

काठमाडौं । लकडाउनका कारण विद्युत् महसुल तिर्ने विषयलाई लिएर आम उपभोक्ताहरुमा अन्यौल सिर्जना भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी जेठ ७ गतेसम्म विद्युत् महसुल तिर्दा जरिवाना नलाग्ने बताएका छन्। ‘विद्युत् महसुलका विषयमा सार्वजनिक चासो र चर्चा देखियो। जेठ ७ गतेसम्म विद्युत् महसुल तिर्दा जरिवाना लाग्दैन’, मन्त्री पुनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘यसबारे […]



 

 

 

 

 

 

 


ताजा अपडेट