आगामी आ.वको लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

प्रकाशित मिति: १५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेका छन् ।

बुधबार संघीय संसदमा अर्थमन्त्री खतिवडाले आगामी आवको लागि १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालूतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुने मन्त्री खतिवडाले जानकारी दिए। राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने खुद २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री खतिवडाले बताए।

अर्थमन्त्री खतिवडाले अर्थमन्त्रीका रुपमा लगातार तेस्रो बजेट ल्याएका हुन्। चालू आर्थिक वर्षका लागि उनले गत वर्ष १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेका थिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट