कोरोना नियन्त्रणका लागि ८ अर्ब ३९ करोड खर्च, यस्तो छ सरकारको हिसाब

प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार

काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको भनिएको १० अर्ब रुपैयाँको विवरण सार्वजनिक गरेको छ ।

विपक्षी कांग्रेसले संसदमा खर्चको पारदर्शी रुपमा हिसाब सार्वजनिक हुनपर्ने माग गरेपछि सकारले हालसम्म भएको खर्च विवरण सार्वजनिक गरेको हो। सरकारले कोरोना नियन्त्रणका लागि १० अर्ब खर्च भएको बताएपछि उक्त खर्च अश्वभाविक भएको भन्दै चौतर्फी आलोचना सुरु भएको थियो।

सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो। १० अर्ब खर्च भएको चर्चा चलिरहे पनि तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ ।

कोरोना नियन्त्रणका लागि संघीय सरकारबाट ४ अर्ब १० करोड ५५ लाख ६ हजार खर्च भएको सीएमसीले जनाएको छ। जसमध्ये स्वास्थ्य मन्त्रालयबाट १ अर्ब १८ करोड ५२ लाख ८३ हजार, रक्षा मन्त्रालयबाट २ अर्ब ४० करोड २४ लाख ५७ हजार, गृह मन्त्रालयबाट २ करोड ४५ लाख ८८ हजार, संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट ५ करोड २० लाख, सहरी विकास मन्त्रालयबाट १ करोड ४२ लाख, शिक्षा मन्ँत्रालयबाट २ करोड ६९ लाख ७८ हजार खर्च भएको छ।

त्यस्तै प्रदेशमार्फत १ अर्ब ३० करोड ४ लाख ९९ हजार र स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च भएको छ भने स्थानीय तहका लागि हालसम्म ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ निकास भएको सीएमसीले जनाएको छ। संघका लागि ५ अर्ब ६२ करोड रुपैयाँ रकम निकास भएको छ ।

संघीय संचित कोषबाट स्रोत व्यवस्थापन गरिएको रकममध्ये सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट