तोलामा ७०० ले घट्यो सुनको मूल्य

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको हो ।

गएको आइतबार र सोमबार सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँ तोकिएकोमा मङ्गलबार २ सय रुपैयाँ बढेर तोलाको ९१ हजार २ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट