विद्युत् महसुल जेठ ७ गतेसम्म तिर्दा जरिवाना नलाग्ने : ऊर्जामन्त्री पुन

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

काठमाडौं । लकडाउनका कारण विद्युत् महसुल तिर्ने विषयलाई लिएर आम उपभोक्ताहरुमा अन्यौल सिर्जना भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी जेठ ७ गतेसम्म विद्युत् महसुल तिर्दा जरिवाना नलाग्ने बताएका छन्।

‘विद्युत् महसुलका विषयमा सार्वजनिक चासो र चर्चा देखियो। जेठ ७ गतेसम्म विद्युत् महसुल तिर्दा जरिवाना लाग्दैन’, मन्त्री पुनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘यसबारे निर्णय र निर्देशन भइसकेको छ।’

मन्त्री पुनले जेठ ७ गतेसम्म महसुल बुझाउँदा जरिवाना नलाग्ने भए पनि अनलाइनबाट तिर्न सक्नेहरुलाई त्यअघि नै तिरेर प्राधिकरणको वित्तीय जोखिम न्युनीकरणमा सहयोग गर्नका लागि अनुरोध समेत गरेका छन्।

‘अनलाईनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गर्नका लागि सबैमा अनुरोध गर्दछ’, मन्त्री पुनले लेखेका छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट