लाइसेन्स बोकेर हिँड्ने ५० ग्यास उद्योगको अनुमतिपत्र खारेज

प्रकाशित मिति: ७ बैशाख २०७७, आईतवार

काठमाडौं । नेपाल आयल निगमले ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमतिपत्र खारेज गरेको छ । निगमले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र खारेज गरिएको जनाएको छ ।

२०७१ माघ १४ गतेपछि ५३ ग्यास उद्योगले नयाँ तथा शाखा उद्योग सञ्चालन गर्नेभन्दै अनुमतिपत्र लिएका थिए । अनुमति लिएका ५३ मध्ये ३ वटा उद्योगले मात्रै शर्तबमोजिमको प्रक्रिया अघि बढाएको पाइएको अन्यलाई सम्पर्क गर्न आग्रह गर्दा पनि उनीहरु सम्पर्कमा नआएपछि वैशाख ७ गतेदेखि खारेजीमा परेको निगमले जानकारी दिएको छ ।

निगमका अनुसार अत्तरिया, कैलालीमा उद्योग खोल्ने भनेर अनुमतिपत्र लिएको सैपाल ग्यास, धुनिवेसी, धादिङमा उद्योग खोल्ने भनेको सिता ग्यासमात्र सम्पर्कमा आएका छन् । यसैगरी नवलपरासीको रामग्राममा शाखा खोल्ने भनेको सगरमाथा ग्यास पनि सम्पर्कमा आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट