आजदेखि शेयर कारोबार पुनः बन्द

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहीबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आजैबाट कार्यान्वयन हुने गरी शेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

धितोपत्र बोर्डले अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि शेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ। लकडाउनका बेला पनि दैनिक २ घण्टा कारोबार गर्ने गरी बन्द भएको ५०औँ दिनमा मंगलबार बजार खुलेको थियो ।

पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमित देखिएको र समग्र मुलुकमा नै यसको संख्या बढ्दै गएकाले शेयर कारोबार बन्द गर्न लागिएको बोर्डले जनाएको छ ।

सरकारले लकडाउन खुकुलो बनाएपछि बोर्ड गत मंगलबारदेखि शेयर कारोबार गर्न नेप्सेलाई निर्देशन दिएको थियो । नेप्सेले पनि सोहीअनुसार नै मंगलबारदेखि दिनमा २ घण्टा मात्र कोरोबार खुल्ला गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट