भरतमोहन स्मृति फाउण्डेशनले बजेटबारे पूर्व अर्थमन्त्री र अर्थविद्सँग छलफल गर्दै

प्रकाशित मिति: १७ बैशाख २०७७, बुधबार

काठमाडौं । पूर्व उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा स्थापित स्व.भरतमोहन स्मृति फाउण्डेशनले आसन्न बजेटबारे पूर्व अर्थमन्त्री अर्थविद् एवम् नेताहरुबीच छलफल चलाउने भएको छ ।

फाउण्डेशनले स्व.अधिकारीको ८५औँ जन्मदिवसको अवसर पारेर वैशाख २० गते भर्चुअल भिडियो कंन्फ्रेन्स मार्फत छलफल कार्यक्रम संचालन गर्न लागेको हो । जसमा पूर्व अर्थमन्त्रीहरु डा. प्रकाश चन्द्र लोहनी र सुरेन्द्र पाण्डे अर्थविद्हरु डा. गोविन्द बहादुर थापा, डा. चन्द्रमणि अधिकारी, डा. डिल्ली खनाल, केशव आचार्य, स्वर्णिम वाग्ले, विश्व पौडेल, लालबाबु यादव, रामकुमार फुँयाल र महिला नेत्री राम कुमारी झाक्री वत्ताका रुपमा रहने तय भएको छ ।

आ.व.२०७७/०७८ को बजेट ल्याउने तयारीमा सरकार जुटिरहेको अवस्थामा कोभिड-१९ बाट उत्पन्न पछिल्लो परिस्थितको विषयमा गहन छलफल गरी सरकारलाई सहि मार्गनिर्देश गर्न सकियोस् भन्ने हेतुले छलफल कार्यक्रम आयोजना गर्न लागिएको फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारीले बताईन् । अहिलेको परिस्थितीमा बजेटको आकार कस्तो हुनुपर्छ र प्राथमिकता के रहनुपर्छ भन्ने विषयमा छलफल केन्द्रित रहने फाउण्डेशनकी सदस्य लिमा अधिकारीले जानकारी दिइन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट