खेलकुद
प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

काठमाडौं, २६ कात्तिक । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गर्दै जित हात पारेको छ । मलेसियाको किनरारा ओभल मैदानमा आइतबार भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । नेपालले दिएको १ सय ८६ […]


प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

राजेश थापामगर काठमाडौं, २६ कात्तिक । चौथो सेञ्चुरी बैंक कर्पोरेट सुपर सिक्सको उपाधि सिभिल बैंकले जितेको छ । शनिबार त्रिवि मैदान कीर्तिपुरमा भएको फाईनल खेलमा सिभिलले आईसिएफसी फाईनाइन्सलाई ३ रनले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सिभिलले निर्धारित ५ ओभरमा ३ विकेट गुमाउँदै ८० रन बनाएको थियो । सिभिलका लागि […]


प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

राजेश थापामगर काठमाडौं, २६ कात्तिक । धावक रामसुन्दर कार्कीले बाढीपीडितको सहयोगार्थ जावलाखेल, ललितपुरदेखि सिन्धुलीगढीसम्मको दौड यात्रा पूरा गरेका छन् । बिहीबार दौड यात्रा प्रारम्भ गरेका कार्कीले १ सय ३५ किलोमिटर दूरीको दौड यात्रा शुक्रबार सम्पन्न गरेका हुन् । सप्तरीको मुसहर बस्तीका बाढीपीडितका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले दौडिएको कार्कीले बताएका छन् । कार्कीको दौड यात्रामा […]


प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार

काठमाडौं, २५ कात्तिक । शनिबार नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको छ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नै नेपाल पराजित भएको हो । नेपालले बंगलादेशलाई १ सय ८१ रनको लक्ष्य दिएकोमा ३९.५ ओभरमा बंगलादेशले ८ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले […]


प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार

राजेश थापामगर काठमाडौं, २५ कात्तिक । ५०औँ राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल प्रहरीले जितेको छ । सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा नेपाल प्रहरीले ८ स्वर्ण र २ रजत पदक जित्दै उपाधि जितेको हो । पहिलो दिन ४ स्वर्ण जितेको प्रहरीले दोस्रो दिन पनि ४ स्वर्ण जित्न सफल भयो । दोस्रो […]


प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार

यूथ एसिया कपको लागि मलेसियामा रहेको नेपाली क्रिकेट टिमको अभ्यासका झलकहरु तस्बिरमा : (तस्बिर: रमन शिवाकोटी)  


प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार

राजेश थापामगर काठमाडौं, २४ कात्तिक । राखेप च्याम्पियनसिपअन्तर्गत ५०औँ राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरीले समान ४–४ स्वर्ण जितेका छन् । सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा आर्मीका लागि पर्शुराम बास्तोलाले पुरुष एकल कातामा, आकाश पलले पुरुष ४५ केजीमा र मणिकुमार सुनुवारले पुरुष ५० […]


प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहीबार

राजेश थापामगर काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि प्रारम्भिक २८ सदस्यी नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । आईसिसीका प्रतिनिधि अमिनुल ईस्लाम, प्रशिक्षक जगत टमाटा तथा कप्तान पारस खड्काको छनौट समितिले छनौट गरेको टिमको कप्तानमा पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेष्वाकर, बसन्त रेग्मी, सोमपाल कामी, बिनोद भण्डारी, सागर पुन, करण केसी, दिपेन्द्रसिंह ऐरी, सन्दिप […]


प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

राजेश थापामगर काठमाडौं, २२ कात्तिक । सन् २०१८ मा हुने एशियन प्याराग्लाईडिङ्गमा सहभागिता जनाउन नेपाली राष्ट्रिय प्याराग्लाईडिङ्ग टिमको घोषणा गरिएको छ । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङ्गग्लाईडिङ्ग संघले मंगलबार चयन गरेको टिममा २१ पुरुष खेलाडी र ४ महिला खेलाडी रहेका छन् । बिमल अधिकारीको नेतृत्वमा रहने नेपाली टिममा रिषी पोडे, विशाल जलारी, कृष्णबहादुर सुनुवार, मदनकुमार सुनुवार, […]


प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

राजेश थापा मगर काठमाडौं, २२ कात्तिक । विश्व साम्बो च्याम्पियनसिपमा नेपालका राजकुमार तामाङले सहभागिता जनाउने भएका छन् । नेपालको तर्फबाट पुरुष ६२ केजी तौल समूहमा राजकुमार तामाङले प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगितामा सहभागी हुन जान लागेका खेलाडी राजकुमार तामाङसहित प्रशिक्षक बाबुराजा महर्जन तथा अफिसियल पुरुषोत्तम सिम्खडालाई काठमाडौंमा मंगलबार एक कार्यक्रम गरी टोखा नगरपालिकाका मेयर […]


प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

राजेश थापा मगर काठमाडौं, २२ कात्तिक । नेपालको मानसिंह डोजो युनिभर्सल कप इन्डो–नेपाल कराते च्याम्पियनसिपमा नेपाली टिम च्याम्पियन बन्न सफल भएको छ । भारतको पञ्जाबमा भएको प्रतियोगितामा मानसिंह डोजो १४ स्वर्ण, २ रजत र १ कास्य पदकका साथ टिम च्याम्पियन बनेको हो । नेपालका लागि गोमन गिरी, सुविन सुनार, राजनब्लोन तामाङ, आकाश मण्डल, राजु गुरुङ, […]


प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

राजेश थापामगर काठमाडौं, २१ कात्तिक । एसीसी यू-१९ युथ एसिया कपमा सहभागी हुन नेपाली युवा टिम मंगलबार राति मलेसिया प्रस्थान गर्दैछ । बिनोद दास प्रशिक्षक रहेको नेपाली टिममा १५ खेलाडी तथा ५ अफिसियल रहेको छ । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहने नेपाली टिममा सन्दिप लामिछाने, मोहम्मद आशिफ शेख, अनिलकुमार शाह, पवन शराफ, सन्दिप सुनार, रोहितकुमार पौडेल, […]


प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

राजेश थापामगर काठमाडौं, २१ कात्तिक । श्रीलंकाको कोलम्बोमा भएको १५औँ डब्लुकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले ६ स्वर्ण पदक जितेको छ । सोमबार भएको पुरुषतर्फको ४० केजीमा विवेक कुँवरले स्वर्ण र एकलकातामा रजत, ४५ केजीमा सुरेन्द्र तामाङले स्वर्ण, ६७ केजीमा नवीन महर्जनले स्वर्ण र ७५ केजीमा विकास राजवाहकले स्वर्ण जिते । त्यस्तै महिलातर्फको ४५ केजीमा वर्षा […]


प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

राजेश थापामगर काठमाडौं, २१ कात्तिक । बालुवाटरको न्यूटन हाईस्कुलले प्रथम प्याब्सन यू–१८ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाईनल खेलमा न्यूटनले नुवाकोटको बुङताङ भलिबल टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । नयँँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनल खेलमा न्यूटनले बुङताङ भलिबल टिमलाई पहिलो सेट २५–२०, […]


प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार

राजेश थापामगर काठमाडौं, २० कात्तिक । न्यू डायमण्ड एकेडेमीले प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा आइतबार भएको फाइनल खेलमा न्यू डायमण्डले बुटवलको एभरेष्ट बोड्रिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । न्यू डायमण्डले एभरेष्ट विरुद्ध पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ […]



 

 

 

 

 

 

 


ताजा अपडेट