डब्लुकेआई अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

राजेश थापामगर
काठमाडौं, २१ कात्तिक । श्रीलंकाको कोलम्बोमा भएको १५औँ डब्लुकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले ६ स्वर्ण पदक जितेको छ ।

सोमबार भएको पुरुषतर्फको ४० केजीमा विवेक कुँवरले स्वर्ण र एकलकातामा रजत, ४५ केजीमा सुरेन्द्र तामाङले स्वर्ण, ६७ केजीमा नवीन महर्जनले स्वर्ण र ७५ केजीमा विकास राजवाहकले स्वर्ण जिते । त्यस्तै महिलातर्फको ४५ केजीमा वर्षा बुढामगरले स्वर्ण र एकलकातामा कास्य र ४० केजीमा विनिता चापागाईंले स्वर्ण पदक जिते ।

त्यस्तै नेपालका लागि पुरुष ८४ केजीमा ध्रुव थापा र ५० केजीमा अनिश लामिछानेले रजत जितेका थिए । नेपालले प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र १ कास्य गरी कूल ११ पदक जित्न सफल भयो । प्रतियोगितामा नेपालसहित श्रीलंका, भारत र न्युजिल्यान्डको सहभागिता रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट