राष्ट्रिय प्याराग्लाईडिङ्ग टिमको घोषणा

प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

राजेश थापामगर
काठमाडौं, २२ कात्तिक । सन् २०१८ मा हुने एशियन प्याराग्लाईडिङ्गमा सहभागिता जनाउन नेपाली राष्ट्रिय प्याराग्लाईडिङ्ग टिमको घोषणा गरिएको छ । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङ्गग्लाईडिङ्ग संघले मंगलबार चयन गरेको टिममा २१ पुरुष खेलाडी र ४ महिला खेलाडी रहेका छन् ।

बिमल अधिकारीको नेतृत्वमा रहने नेपाली टिममा रिषी पोडे, विशाल जलारी, कृष्णबहादुर सुनुवार, मदनकुमार सुनुवार, शेरबहादुर गुरुङ्ग, सविन राना मगर, विशाल थापा, युवराज सुनुवार, विजय गौतम, निशिम थापा, अनिष भट्टराई, तेम्बा लामा शेर्पा, मोहनकुमार सुनुवार, विशाल थापा, परमेश्वर खत्री, गणेश थापामगर, प्रविण केसी, विजय दाहाल, नविन परियार र मुकेश गुरुङ्ग रहेका छन् ।

त्यस्तै महिला खेलाडीमा विवि सोन्ताङ्ग, सविता तामाङ्ग, निकिता सुनुवार र अनुष्का सुनुवार रहेका छन् । स्याङ्गजाको स्वरेकमा आयोजना गरिएको अन्तर्राष्ट्रिय खुल्ला तथा राष्ट्रिय टिम छनौट प्याराग्लाईडिङ्ग च्याम्पियनसिप २०१७ मा सहभागी खेलाडीहरुबाट नेपाली टिमको छनौट गरिएको होे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट