नेपालको मानसिंह डोजो टिम च्याम्पियन

प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

राजेश थापा मगर
काठमाडौं, २२ कात्तिक । नेपालको मानसिंह डोजो युनिभर्सल कप इन्डो–नेपाल कराते च्याम्पियनसिपमा नेपाली टिम च्याम्पियन बन्न सफल भएको छ । भारतको पञ्जाबमा भएको प्रतियोगितामा मानसिंह डोजो १४ स्वर्ण, २ रजत र १ कास्य पदकका साथ टिम च्याम्पियन बनेको हो ।

नेपालका लागि गोमन गिरी, सुविन सुनार, राजनब्लोन तामाङ, आकाश मण्डल, राजु गुरुङ, मनीष पराजुली, विज्जु सलामी मगर, एलिनाविक, रुपा महर्जन, सिर्जना महर्जन, प्राश्ना थापा, सिवा भण्डारी, आरती भण्डारी र सुमित्रा अधिकारीले आ–आफ्नो तौल समूहमा स्वर्ण जित्न सफल भएका हुन् ।

त्यस्तै प्रिन्स याङ्तान र अशिम गुरुङले रजत तथा शंकर भण्डारीले कास्य पदक जिते । समापनका अवसरमा प्रतियोगिता आयोजक युनिभर्सल सितोरियो कराते फेडेरेसन अफ इन्डियाले प्रमुख प्रशिक्षक महेश महर्जनलाई सम्मान गरेको थियो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट