आज राति नेपाली टिम मलेसिया प्रस्थान गर्दै

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

राजेश थापामगर
काठमाडौं, २१ कात्तिक । एसीसी यू-१९ युथ एसिया कपमा सहभागी हुन नेपाली युवा टिम मंगलबार राति मलेसिया प्रस्थान गर्दैछ । बिनोद दास प्रशिक्षक रहेको नेपाली टिममा १५ खेलाडी तथा ५ अफिसियल रहेको छ ।

दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहने नेपाली टिममा सन्दिप लामिछाने, मोहम्मद आशिफ शेख, अनिलकुमार शाह, पवन शराफ, सन्दिप सुनार, रोहितकुमार पौडेल, किशोर महतो, प्रनित थापामगर, शहाब अलाम, कमलसिंह ऐरी, प्रकाश केसी, जितेन्द्रसिंह, भिम शार्की र रसिद खान रहेका छन् । कात्तिक २४ गतेदेखि मलेसियामा हुने युथ एसिया कपमा समूह ए मा रहेको नेपालले टेष्ट मान्यता प्राप्त भारत, बंगलादेश सँगै मलेसियाको सामना गर्नेछ ।

प्रतियोगितामा नेपालले पहिलो खेल कात्तिक २५ गते मलेसियास्थित किनारा मैदानमा बंगलादेशको सामना गर्नेछ । नेपालले दोस्रो खेलमा कात्तिक २६ गते भारत तथा लिगको अन्तिम खेलमा कात्तिक २८ गते आयोजक मलेसियासँग बायोमास मैदानमा खेल्नेछ । मंसिर ३ गतेसम्म लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको समूह बी मा पाकिस्तान, श्रीलंका, अफगानिस्तान तथा पश्चिम क्षेत्रबाट छनौट भएको टिम रहेको छ ।

प्रतियोगिताको तयारी स्वरुप नेपालले बंगलादेशको यू-१९ टिमसँग तीनवटा अभ्यास खेल खेलेकोे थियो । सोमबार मात्र बंगलादेशबाट फर्र्किएका नेपाली टिमले दुई खेलमा हार तथा एक खेलमा जित हात पारेको थियो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट