नेपाल बंगलादेशसँग २ विकेटले पराजित

प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार

काठमाडौं, २५ कात्तिक । शनिबार नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको छ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नै नेपाल पराजित भएको हो ।

नेपालले बंगलादेशलाई १ सय ८१ रनको लक्ष्य दिएकोमा ३९.५ ओभरमा बंगलादेशले ८ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा १ सय ६७ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो । वर्षाले खेल प्रभावित भएपछि डकवर्थ लुइसको नियमका आधारमा बंगलादेशले नेपालका तर्फबाट १ सय ८१ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि भीम सार्कीले ४० बलमा ४४, रोहितकुमार पौडेलले ५४ बलमा ४० तथा आसिफ शेखले ५२ बलमा ३० रन बनाएका थिए । आइतबारको खेलमा नेपालले भारतसँग भिड्नेछ । भारतलाई पराजित गर्न सकेमात्र नेपालले सेमिफाइनल यात्राको ढोका खुला हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट