बाढीपीडितको सहयोगार्थ कार्कीको दौड

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

राजेश थापामगर
काठमाडौं, २६ कात्तिक । धावक रामसुन्दर कार्कीले बाढीपीडितको सहयोगार्थ जावलाखेल, ललितपुरदेखि सिन्धुलीगढीसम्मको दौड यात्रा पूरा गरेका छन् । बिहीबार दौड यात्रा प्रारम्भ गरेका कार्कीले १ सय ३५ किलोमिटर दूरीको दौड यात्रा शुक्रबार सम्पन्न गरेका हुन् ।

सप्तरीको मुसहर बस्तीका बाढीपीडितका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले दौडिएको कार्कीले बताएका छन् । कार्कीको दौड यात्रामा ओलम्पियन कृष्ण बस्नेतले स्कर्टिङ गरेका थिए । ललितपुर गोदावरी नगरपालिका गोदमचौर निवासी कार्कीले जावलाखेलदेखि सिन्धुलीगढीसम्म दौड यात्रा पुरा गरेको यो दोश्रो पटक हो ।

कार्की दौडेर नेपालको ७५ वटै जिल्ला पुगी सकेका छन् भने काठमाडौंदेखि लुम्बिनी ६ पटक, काठमाडौंदेखि दोलखा ३ पटक, काठमाडौंदेखि पोखरा १ पटक, काठमाडौंदेखि भारतको यूपी १ पटक र काठमाडौं देखि भारतको पश्चिम बंगाल हुँदै भुटान १ पटक दौडी सकेका छन् । कार्कीले हालसम्म १५ हजार किलोमिटर दूरी दौडेर पूरा गरिसकेका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट