साम्बो टिम रुस प्रस्थान

प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

राजेश थापा मगर
काठमाडौं, २२ कात्तिक । विश्व साम्बो च्याम्पियनसिपमा नेपालका राजकुमार तामाङले सहभागिता जनाउने भएका छन् । नेपालको तर्फबाट पुरुष ६२ केजी तौल समूहमा राजकुमार तामाङले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

प्रतियोगितामा सहभागी हुन जान लागेका खेलाडी राजकुमार तामाङसहित प्रशिक्षक बाबुराजा महर्जन तथा अफिसियल पुरुषोत्तम सिम्खडालाई काठमाडौंमा मंगलबार एक कार्यक्रम गरी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य नारायणप्रसाद पौडेल, काठमाडौं महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठ, सशस्त्र प्रहरीका पूर्व एआईजी कृष्णकुमार तामाङलगायतले बिदाई गरेका थिए ।

नोभेम्बर ९ देखि १३ तारिखसम्म रुसको सोचीमा हुने प्रतियोगितामा सहभागी हुन नेपाली टिम मंगलबार नै त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगिताका दौरान हुने साम्बोको कोंगे्रसमा मस्को मै बस्दै आएका संघका अध्यक्ष धनञ्जय श्रेष्ठले सहभागीता जनाउने छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट