सिभिले बैंकले जित्यो सुपर सिक्सको उपाधि

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार

राजेश थापामगर
काठमाडौं, २६ कात्तिक । चौथो सेञ्चुरी बैंक कर्पोरेट सुपर सिक्सको उपाधि सिभिल बैंकले जितेको छ । शनिबार त्रिवि मैदान कीर्तिपुरमा भएको फाईनल खेलमा सिभिलले आईसिएफसी फाईनाइन्सलाई ३ रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सिभिलले निर्धारित ५ ओभरमा ३ विकेट गुमाउँदै ८० रन बनाएको थियो । सिभिलका लागि भोला बिष्टले २३, मनिष सिंहले १९ र निशेष केसीले १४ रन बनाए । ८१ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको आईसिएफसीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ७७ रनमा समेटिएको थियो । आईसिएफसीका लागि सागरनिधि तिवारीले सर्वाधिक २५, अरिबन रानाले २१ र समिर थापाले १५ रन बनाएका थिए ।

सिभिलका निशेष केसी र भोला विष्टले समान २-२ विकेट लिए । प्रतियोगितामा सेञ्चुरी बैंकका सुरज तिमिल्सिना सर्वोत्कृष्ट खेलाडी घोषित भए । साथै सुरजले प्रतियोगितामा उच्च छक्का प्रहारकर्ताको उपाधि समेत हात पारे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्म्यान आईसिएफसीका अरबिन राना, उत्कृष्ट बलर सिभिल बैंकका भोला बिष्ट तथा उत्कृष्ट विकेट किपर र फिल्डर सेञ्चुरी बैंकका सुभाष शर्मा र केसर रावल घोषित भए । प्रतियोगिताको विजेतालाई सेञ्चुरी बैंकका प्रमुख राजेश कुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट